विदेशबाट ल्याएका मोबाइल नचल्ने नियम लागू नगर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

विदेशबाट ल्याएका मोबाइल नचल्ने नियम लागू नगर्न प्रधानमन्त्रीको निर्देशन


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल नचल्ने नियम तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका हुन्।

प्राधिकरणले आजदेखि एमडीएमएसमा दर्ता नभएका मोबाइललाई नेटवर्क प्रयोग गर्न नमिल्ने नियम लागू गर्ने बताएको थियो।

प्राधिकरणले विगत एक हप्ताअघि सूचना निकालेर दर्ताबिनाका कुनै पनि मोबाइल पुस १५ देखि नचल्ने बताएको थियो।

विदेशबाट मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाइरहेका थिए। उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने अभियान चलाए पछि प्रधानमन्त्रीको ध्यानाकर्षण भएको हो ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ११ : ५१ बजे

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी

महिला टी–२० विश्वकप ग्लोबल छनोट : स्कटल्यान्डसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन