बाँकेका दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै « Khabarhub

बाँकेका दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँकेका दुई दुर्गम गाउँपालिकामा देखिने मोबाइल नेटवर्कको समस्या अन्त्य हुने भएको छ ।

जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएपछि सो समस्याको अन्त्य हुने भएको हो । यी गाउँपालिकाका अधिकांश क्षेत्रमा मोबाइल सेवा नहुँदा स्थानीयवासीलाई समस्या भइरहेकाले टेलिफोन सेवालाई गुणस्तरीय बनाउन थप टावर जडान गर्ने निर्णय भएको बाँके क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्य कृष्णा केसीले जानकारी दिए ।

थप टावरको जडान र भएका टावरको क्षमता वृद्धिका लागि नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसँग माग गरेपछि टावर जडानको निर्णय भएको उनले बताए । “विभिन्न ठाउँका विभिन्न जङ्गलको राजमार्गमा नै मोबाइलको नेटवर्क देखिँदैन, त्यसैले यस्तो समस्याको अन्त्य गर्न खोजेको हो”, प्रदेशसभा सदस्यमा केसीले भने । अहिले सो क्षेत्रमा नौ थान थप टावर जडान हुनेछ । गत वर्ष पनि यसका लागि पहल भएको तर बाँके राष्ट्रिय निकुञ्ज र वन मन्त्रालयका कारण काम नभएको उल्लेख गर्दै उनले अहिले त्यस्तो समस्या नदोहोरिने बताए ।

नेटवर्कले काम नगर्ने स्थानमा थप टावर स्थापना गर्ने र कम क्षमता भएका टावरलाई क्षमता वृद्धि गर्ने निर्णय गरिएको नेपाल टेलिकमले जानकारी दिएको छ । कोहलपुरको चप्परगौडीदेखि दाङको शिवखोलासम्म र फत्तेपुर, विनौना हुँदै दाङको गोठुवासम्मको हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीका धेरै ठाउँमा टावर नहुँदा मोबाइल नेटवर्कको समस्या रहेको बताइएको छ ।

यी क्षेत्रमा टेलिफोनको पहुँच पुर्‍याउन यस साताबाट सर्भेसमेत सुरु गरिने र भएका टावरमा क्षमता विस्तारको काम तत्काल नै सुरु गरिने प्रदेशसभा सदस्य केसीले बताए । उक्त क्षेत्रमा टावर विस्तार भएपछि टेलिकमको फोर जी सेवासमेत सञ्चालन हुने बताइएको छ ।

कोहलपुर चप्परगौडीदेखि दाङको शिवखोलासम्मको अधिकांश राजमार्गमा नेटवर्कले काम नगर्ने भएकाले विभिन्न भागमा थप टावर राख्नुपर्ने स्थानीयवासीले लामो समयदेखि माग गरिरहेका छन् । राप्तीसोनारी र नरैनापुरमा अहिले रहेका टेलिकम टावरका क्षमता कम भएकाले वृद्धि गर्नुपर्ने र थप जडान गर्नुपर्ने बताइएको छ ।

राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न स्थानमा मोबाइल नेटवर्कका टावर थप गरिने भएपछि ती पालिकाका अध्यक्षले समेत खुसी व्यक्त गरेका छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नयाँ टावर जडान र पुरानाको क्षमता विकास गरिएपछि नेटवर्कको समस्या समाधान हुनुका साथै जनताले राहत पाउने बताए ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पनि मुख्य राजमार्गलगायत धेरै ठाउँमा मोबाइल नेटवर्कको समस्या रहेकाले अब समाधान हुने सुनेर खुसी लागेको उल्लेख गरे ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ६ : १० बजे

जिल्ला आचारसंहिता अनुगमन समितिमा एक हजार ७६ उजुरी, लुम्बिनीमा सबैभन्दा धेरै

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति

गुगललाई नक्सा डाटा निर्यात अनुमति

सियोल– वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण

हरित अर्थतन्त्रमा दलहरूको दृष्टिकोण : वन संरक्षणदेखि उपभोगसम्मका प्रतिस्पर्धी ‘एजेन्डा’

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरूले

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी

पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा 

काठमाडौं– एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ ।