वैभव सूर्यवंशीले अनेकौँ कीर्तिमान बनाएपछि यूएईविरुद्ध भारतको भीमकाय जित « Khabarhub

वैभव सूर्यवंशीले अनेकौँ कीर्तिमान बनाएपछि यूएईविरुद्ध भारतको भीमकाय जित


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैभव सूर्यवंशीले अनेकौँ कीर्तिमान बनाएपछि भारत ए ले एसिया कप इमर्जिङ स्टार्समा यूएईविरुद्ध शानदार जित हासिल गरेको छ ।

कतारको राजधानी दोहामा सम्पन्न प्रतियोगिताको समूह बी अन्तर्गत मंगलबारको खेलमा भारत एले यूएईविरुद्ध ७ विकेटको भीमकाय जित हासिल गर्‍यो ।

यूएईले दिएको २ सय ५० रनको मध्यम लक्ष्य भारतले १४ ओभर २ बलमा तीन विकेट गुमाउँदै भेट्टायो ।

यस क्रममा भारत ‘ए’ का ब्याटर वैभव सूर्यवंशीले विभिन्न कीर्तिमान बनाए । उनले ‘लिस्ट ए’ खेलमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याटरको कीर्तिमान बनाए ।

१२ ओभर ५ बलमा आउट हुनुअघि उनले ५३ बलमा २ सय ४ रन बनाए ।

यस क्रममा उनले २८ छक्का र ७ चौका प्रहार गरे । लिस्ट ए क्रिकेटमा एक जना ब्याटर प्रहार गरेको यो सबैभन्दा धेरै छक्का हो ।

त्यसैगरी उनले लिस्ट ए क्रिकेटमा सबैभन्दा कम बलमा शतक बनाउने क्रकेटरको रेकर्ड समेत बनाए । शतक पूरा गर्न उनले २८ बल मात्रै खेल्नुपर्‍यो ।

लिस्ट एमा उनले सबैभन्दा कम बलमा १५० रन बनाउने ब्याटरको कीर्तिमान समेत बनाए । उनले ४० बलमै १५० रन पूरा गरे ।

त्यस्तै, उनले सबैभन्दा कम बलमा २ सय रन पूरा गर्ने खेलाडीको कीर्तिमान समेत राखे ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ५ : ३८ बजे

‘रामायण’ मा रावणको महिमामण्डन गरेको आरोप, निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं– फिल्म ‘रामायण’ मा भगवान् राम र रावणलाई प्रस्तुत गरिएको

चौरासी पूजाको खर्चबाट आश्रमलाई दुई लाख ६५ हजार सहयोग

नवलपुर– चौरासी पूजाको खर्चबाट एक महिलाले मानव सेवा आश्रमलाई सहयोग

वैभव सूर्यवंशीले अनेकौँ कीर्तिमान बनाएपछि यूएईविरुद्ध भारतको भीमकाय जित

काठमाडौं- वैभव सूर्यवंशीले अनेकौँ कीर्तिमान बनाएपछि भारत ए ले एसिया

यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

एजेन्सी– संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा

भारतका वैभव सूर्यवंशीले यूएईविरुद्ध बनाए मात्र ५२ बलमा दोहोरो शतक

काठमाडौँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले सबैभन्दा