आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा « Khabarhub

आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ ।

यसअगाडी नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो ।

व्यास नगरपालिकाले आजदेखि २० गतेसम्म विद्यालयमै खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । यसक्रममा हालसम्म एक पटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइने उनले बताए ।

१४ वटै वडामा रहेका विद्यालयमा खोप अभियान सञ्चालन गरिनेछ । शुक्लागण्डकी नगरपालिकाले यही माघ १७ र १८ गते स्वास्थ्य संस्थामार्फत् बालबालिकालाई खोप दिन लागेको छ । १२ वटै वडामा रहेको विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत् बालबालिकालाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जनाए ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दशवटै स्थानीय तहका ३२ हजार चार सय ३७ बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको छ । भानुका तीन हजार दुई सय २०, व्यासका नौ हजार पाँच सय दुई, म्याग्देका एक हजार चार सय ७१, शुक्लागण्डकीका पाँच हजार सात सय ८८, भिमादका दुई हजार आठ सय ७९, घिरिङका एक हजार तीन सय १८, ऋषिङका दुई हजार ८७, देवघाटका एक हजार पाँच सय ४४, बन्दीपुरका दुई हजार ५३ र आँबुखैरेनीका दुई हजार पाँच सय ७५ ले पहिलो मात्रा लगाएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ६ : ३६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु