अत्यन्त शुभ मानिन्छ यी ६ बिरुवा घरमा भए « Khabarhub

अत्यन्त शुभ मानिन्छ यी ६ बिरुवा घरमा भए


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्रमा घर, कार्यालय लगायतका स्थानमा हुने शुभ अशुभ फलका बारेमा जानकारी दिइएको हुन्छ । यसमा विभिन्न बोट बिरुवा पनि समावेश हुन्छ । घरमा केही प्रकारका बिरुवा भए अशुभ हुने र केही बिरुवाका कारण सकारात्मक ऊर्जा प्राप्त हुने वास्तुको मान्यता छ ।

कुन कुन बोटबिरुवा शुभ मानिन्छ त?

क) बाँस
बाँसको बोट घरमा हुनु शुभ मानिन्छ । घरको ईशान कोण अर्थात् उत्तर–पूर्वमा वा उत्तर दिशामा बाँस भए आर्थिक लाभ हुने मान्यता छ । साथै बाँस भएको घरमा सुख–समृद्धिको कमी नहुने वास्तुको मान्यता छ ।

ख) बेसार
बेसारको बोट धार्मीक दृष्टिले निकै शुभ मानिन्छ । घरमा बेसारको बोट भए वा यसको दैनिक पूजा गरे पूजाकर्ताको मनोकामना पुरा हुने धार्मिक मान्यता छ । साथै वास्तुमा घरमा बेसारको बोट हुने शुभ मानिन्छ । यसले घरमा आर्थिक लाभ गराउने विश्वास गरिन्छ ।

ग) क्रासुला
चिनियाँ वास्तु शास्त्रको मान्यता अनुसार क्रासुला घरमा भए यसले आर्थिक लाभ गराउँछ । यसलाई मनी ट्री पनि भनिन्छ । जुन घरमा क्रासुला रोपिएको हुन्छ त्यस घरमा आर्थिक लाभ गराउने भएकाले यसलाई घरको मुख्यद्वारमा रोप्नु शुभ मानिन्छ ।

घ) तुलसी
तुलसीले घरमा सकारात्मकता र सुख–समृद्धि ल्याउने वास्तुको मान्यता छ । आइतबार र एकादशी छाडेर तुलसीमा पानी चढाएमा साथै दैनिक साँझ तुलसीको बोट मुनी दियो बालेमा आर्थिक लाभ हुने र सकारात्मकता भित्रने मान्यता छ ।

च) समी
समीको बिरुवालाई समेत शुभ मानिन्छ । यो बिरुवा घरमा रोपेमा लक्ष्मीको आगमन हुने मान्यता छ । यदि कुण्डलीमा शनि दोष छ भने समीको बोट मुनी सरस्युको तेलमा दियो बालेमा यसैको फलका कारण शनिले शुभ फल दिने मान्यता छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ६ : १५ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद