प्रधानमन्त्री एमसीसी ‘टेबल’ गर्ने पक्षमा हुनुहुन्छ : सांसद दुलाल « Khabarhub

प्रधानमन्त्री एमसीसी ‘टेबल’ गर्ने पक्षमा हुनुहुन्छ : सांसद दुलाल


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेशका सांसद युवराज दुलालले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी जसरी भए पनि टेबल गर्नेपक्षमा रहेको बताएका छन्।

एमसीसीलाई संसद्मा फेल गर्ने सांसदको संख्या नभएको उनको भनाइ छ। संसदमा काँग्रेस, एमाले दुवै पक्षका संस्थापन समूह पास गर्ने पक्षमा रहेकाले पास हुने उनको तर्क छ।

‘प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी टेबल गर्ने पक्षमा हुनुहुन्छ। संसदमा एमसीसी फेल गर्न पुग्ने सांसदको संख्या छैन’, सोमबार बिहान फेसबुकमा सांसद् दुलालले लेखेका छन्, ‘किनकी कांग्रेस र एमाले दुवैका संस्थापन पक्ष एमसीसी पास गर्ने पक्षमा छन्।’

माओवादी केन्द्रका बागमती प्रदेशसभा सदस्य दुलालले पास गरेपछि भने देशले महंगो मूल्य चुकाउनुपर्ने टिप्पणीसमेत गरेका छन्।

‘एमसीसी कसैलाई पास गरे पनि हुन्छ भन्ने लाग्ला, तर यो पास गरेको भोलिपल्टदेखि पास गर्नेले त पश्चाताप गरे पुग्ला तर नेपाल राष्ट्रले महंगो मूल्य चुकाउनु पर्नेछ’, उनले थप लेखेका छन्, ‘खवरदार !’

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : ४१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु