बक्यौता नतिरे ट्रंक लाइनको विद्युत् लाइन काटिने « Khabarhub

बक्यौता नतिरे ट्रंक लाइनको विद्युत् लाइन काटिने


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – सार्वजनिक लेखा समिति सभापति भरत शाहले ट्रंक लाइनको शुल्क उद्योगीले तिर्नु पर्ने बताएका छन् ।

भैरहवामा पोर्ट मिडियाले आयोजना गरेको संवाद तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहले ट्रंक लाइन उपभोग गरेका उद्योगले त्यसवापतको बक्यौता शुल्क नतिरे विद्युत् लाइन काटिने बताए । संसदीय लेखा समितिले आठ अर्ब विद्युत महशुल पनि असुल गर्न विद्युत् प्राधिकरणलाई पत्राचार गरेको शाहले भने ।

नेपालमा विदेशी मुद्राको संचिती घटे पनि डुब्ने स्थिति नरहेको बताउँदै उनले आयात अत्यधिक मात्रामा रहेकाले केही आर्थिक मन्दी आएको बताए । ‘यसको मुख्य कारण अहिले विदेशी मुद्रा बाहिर जानु हो । यसलाई सन्तुलन गर्न राष्ट्र बैंकले प्रतित पत्रमा विलासीका सामान आयात गर्दा केही कडाइ गरेको छ,’ उनले भने, ‘राष्ट्र बैंकले बैंक ग्यारेन्टीवापतको र स्थानीय तहमा पठाउने रकम वाणिज्य बैंकमा राख्यो भने पनि बजारमा पैसाको अभाव देखिदैन त्यसका लागि समिति मार्फत कुरा राखेको छ ।’

स्थानीय तहहरूले पनि अब विकास निर्माणका काम गर्न पुँजीगत खर्च खर्चिने भएकोले छिट्टै नै बजारमा देखिएको तरलता अभाव हट्ने सभापति शाहको विश्वास छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १ : ३० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु