एन्फाको कार्यसमिति बैठक २० माघमा « Khabarhub

एन्फाको कार्यसमिति बैठक २० माघमा


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २० माघ (बिहीबार) बस्ने भएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले बिहान साढे ११ बजेदेखि बैठक सुरु हुने मिटिङको लिंकसहित कार्यसमिति सदस्यहरूलाई सूचना पठाएका छन् ।

बैठक आगामी साधारण सभा केन्द्रित हुनेछ । यसअघि २२ पुसमा एन्फाको कार्यसमिति बैठक बसेको थियो । बैठकमा विविधसहित १९ वटा एजेन्डामाथि छलफल भएको थियो ।

जुन बैठक एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित कार्यसमितिका सात सदस्यले राख्न माग गरेका थिए । बैठक माग गर्नेमा चार सदस्य किरण राई, दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा थिए । उनीहरूकै आह्वानमा यसअघि बैठक बसेको थियो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : ३० बजे

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत

पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

बुटवल– पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ

अमेरिकाको हवाइमा २० वर्षयताकै ठूलो बाढी : हजारौं विस्थापित

हवाई – अमेरिकाको हवाई राज्यमा भारी वर्षासहितको आँधीबेहरीपछि राज्यव्यापी उच्च