६०० दिनसम्म विद्यालय बन्द ! « Khabarhub

६०० दिनसम्म विद्यालय बन्द !


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– प्रि–स्कुल अनलाइन सुरु गर्दा धरिनी माथुरका छोरा चार वर्षका थिए । ६०० दिनपछि पनि उनी अझै पनि कम्प्युटरको स्क्रिनमा भर्चुअल कक्षा लिइरहेका छन् । उनको कक्षाका साथी र गुरुहरूसँग अहिलेसम्म भौतिक सम्पर्क छैन । कोभिड महामारीका कारण कक्षा कोठा बाहिर अध्ययन गर्ने नयाँ दिल्लीका ४० लाख बालबालिकाहरूमध्ये उनी एक हुन् ।

माथुरका अनुसार जारी विद्यालय बन्दले बालबालिकाको सिकाइ क्षमतामा गम्भीर असर गरेको छ । ‘हाम्रा साना बालबालिकाहरू विद्यालय बाहिर छन् । विद्यालयमा बालबालिकाबीच छलफल हुन सकेको छैन,’ माथुर भन्छिन् ।

देशव्यापी महामारी फैलिएपछि दिल्ली सरकारले मार्च २०२० मा विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । तर, बन्द विद्यालय अझै पूर्णरुपमा खुलेका छैन ।

यसलाई विश्वकै सबैभन्दा लामो समयसम्म बन्द भएकाे विद्यालय मानिएको छ । लामो समयसम्म भौतिक रुपमा सिकाइ नहुँदा गरिबी बढाउने, आय क्षमता घटाउने र लाखौं मानिसहरूमा मानसिक तथा शारीरिक पीडा थपिने चिन्ता बढेको छ ।

दिल्लीमा मात्र न्यून आय भएका अभिभावकका हजारौं बालबालिका छन्, जसले अनलाइन पढ्न ल्यापटपको व्यवस्था गर्न सक्दैनन् । भिडभाड र प्रदूषित वातावरणमा बस्ने उनीहरू शिक्षाबाट बञ्चित हुने खतरा बढेको छ ।

विद्यालय पुनः खोल्न माग गर्दै अगस्टमा माथुरले राज्य सरकारविरुद्ध उजुरी दिएकी थिइन् । झन्डै ६ महिनापछि यसै साता विद्यालय खोल्ने विषयमा दिल्लीका अधिकारीहरूले बैठक आयोजना गरेका थिए ।

महामारीविरोधी कदमलाई सहज पार्ने, सप्ताहन्त बिदामा कर्फ्यू हटाउने र सरकारी कार्यलय खोल्ने निर्णय भए पनि बैठकमा विद्यालय खोल्ने विषयमा कुनै निर्णय हुन सकेको थिएन ।

‘विद्यार्थीका लागि जोखिम भएकोले हामीले विद्यालय बन्द गर्‍यौँ । तर, अत्यधिक सावधानीले हाम्रै बालबालिकालाई असर गरेको छ,’ दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोड भन्छन् ।

एसियाकै लामो समयसम्म विद्यालय बन्द

विद्यालय बन्दको सवालमा भारत युगान्डापछि दोस्रो देश हो । राष्ट्रसंघले सार्वजनिक गरेको एउटा प्रतिवेदनअनुसार मार्च २०२० देखि अक्टोबर २०२१ सम्म भारतमा ८२ साता अर्थात ५७४ दिन विद्यालय बन्द भएको छ । युगान्डामा ८३ सातासम्म विद्यालय बन्द भएको थियो । तर, भारतको विद्यालय बन्दमा देशभर एकरुपता छैन । प्रतिबन्धबारे राज्यअनुसारको कानुन छ ।

मार्च २०२१ मा भारत सरकारले एउटा विवादास्पद विद्येयक पारित गरेर सम्पूर्ण कार्यकारी निर्णय अनुमोदन गर्ने अधिकार गर्भनरलाई दिइएको छ ।

सन् २०२० को मार्चमा पहिलो पटक बन्द भएपछि दिल्लीका विद्यालय वर्षैभर बन्द भएका थिए । सन् २०२१ को सुरुमा केही समय पुनः सञ्चालनमा आएका विद्यालय सोही वर्षको अप्रिलमा कोभिडको दोस्रो लहरसँगै फेरि बन्द भएका थिए ।

कोभिड संक्रमण स्थिर भएपछि पुनः सञ्चालनमा आएका विद्यालय वायु प्रदूषणको कारण दर्शाइ डिसेम्बरमा बन्द गरिएका थिए । कोभिडको नयाँ भेरियन्टदेखिपछि जनवरीदेखि फेरि बन्द छन् । लगातारको विद्यालय बन्दको परिणाम डरलाग्दो हुने गैरनाफामुखी संगठन टिच फर इन्डियाका शहिन मिस्त्री बताउँछन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : ४५ बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि