६०० दिनसम्म विद्यालय बन्द ! « Khabarhub

६०० दिनसम्म विद्यालय बन्द !


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– प्रि–स्कुल अनलाइन सुरु गर्दा धरिनी माथुरका छोरा चार वर्षका थिए । ६०० दिनपछि पनि उनी अझै पनि कम्प्युटरको स्क्रिनमा भर्चुअल कक्षा लिइरहेका छन् । उनको कक्षाका साथी र गुरुहरूसँग अहिलेसम्म भौतिक सम्पर्क छैन । कोभिड महामारीका कारण कक्षा कोठा बाहिर अध्ययन गर्ने नयाँ दिल्लीका ४० लाख बालबालिकाहरूमध्ये उनी एक हुन् ।

माथुरका अनुसार जारी विद्यालय बन्दले बालबालिकाको सिकाइ क्षमतामा गम्भीर असर गरेको छ । ‘हाम्रा साना बालबालिकाहरू विद्यालय बाहिर छन् । विद्यालयमा बालबालिकाबीच छलफल हुन सकेको छैन,’ माथुर भन्छिन् ।

देशव्यापी महामारी फैलिएपछि दिल्ली सरकारले मार्च २०२० मा विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । तर, बन्द विद्यालय अझै पूर्णरुपमा खुलेका छैन ।

यसलाई विश्वकै सबैभन्दा लामो समयसम्म बन्द भएकाे विद्यालय मानिएको छ । लामो समयसम्म भौतिक रुपमा सिकाइ नहुँदा गरिबी बढाउने, आय क्षमता घटाउने र लाखौं मानिसहरूमा मानसिक तथा शारीरिक पीडा थपिने चिन्ता बढेको छ ।

दिल्लीमा मात्र न्यून आय भएका अभिभावकका हजारौं बालबालिका छन्, जसले अनलाइन पढ्न ल्यापटपको व्यवस्था गर्न सक्दैनन् । भिडभाड र प्रदूषित वातावरणमा बस्ने उनीहरू शिक्षाबाट बञ्चित हुने खतरा बढेको छ ।

विद्यालय पुनः खोल्न माग गर्दै अगस्टमा माथुरले राज्य सरकारविरुद्ध उजुरी दिएकी थिइन् । झन्डै ६ महिनापछि यसै साता विद्यालय खोल्ने विषयमा दिल्लीका अधिकारीहरूले बैठक आयोजना गरेका थिए ।

महामारीविरोधी कदमलाई सहज पार्ने, सप्ताहन्त बिदामा कर्फ्यू हटाउने र सरकारी कार्यलय खोल्ने निर्णय भए पनि बैठकमा विद्यालय खोल्ने विषयमा कुनै निर्णय हुन सकेको थिएन ।

‘विद्यार्थीका लागि जोखिम भएकोले हामीले विद्यालय बन्द गर्‍यौँ । तर, अत्यधिक सावधानीले हाम्रै बालबालिकालाई असर गरेको छ,’ दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोड भन्छन् ।

एसियाकै लामो समयसम्म विद्यालय बन्द

विद्यालय बन्दको सवालमा भारत युगान्डापछि दोस्रो देश हो । राष्ट्रसंघले सार्वजनिक गरेको एउटा प्रतिवेदनअनुसार मार्च २०२० देखि अक्टोबर २०२१ सम्म भारतमा ८२ साता अर्थात ५७४ दिन विद्यालय बन्द भएको छ । युगान्डामा ८३ सातासम्म विद्यालय बन्द भएको थियो । तर, भारतको विद्यालय बन्दमा देशभर एकरुपता छैन । प्रतिबन्धबारे राज्यअनुसारको कानुन छ ।

मार्च २०२१ मा भारत सरकारले एउटा विवादास्पद विद्येयक पारित गरेर सम्पूर्ण कार्यकारी निर्णय अनुमोदन गर्ने अधिकार गर्भनरलाई दिइएको छ ।

सन् २०२० को मार्चमा पहिलो पटक बन्द भएपछि दिल्लीका विद्यालय वर्षैभर बन्द भएका थिए । सन् २०२१ को सुरुमा केही समय पुनः सञ्चालनमा आएका विद्यालय सोही वर्षको अप्रिलमा कोभिडको दोस्रो लहरसँगै फेरि बन्द भएका थिए ।

कोभिड संक्रमण स्थिर भएपछि पुनः सञ्चालनमा आएका विद्यालय वायु प्रदूषणको कारण दर्शाइ डिसेम्बरमा बन्द गरिएका थिए । कोभिडको नयाँ भेरियन्टदेखिपछि जनवरीदेखि फेरि बन्द छन् । लगातारको विद्यालय बन्दको परिणाम डरलाग्दो हुने गैरनाफामुखी संगठन टिच फर इन्डियाका शहिन मिस्त्री बताउँछन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : ४५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर