नेप्सेमा दोहोरो अङ्कको गिरावट « Khabarhub

नेप्सेमा दोहोरो अङ्कको गिरावट


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचकमा आइतबार देखिएको उच्च अङ्कको वृद्धि आज भने टिक्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १३.४८ अङ्कले ओरालो लागेर दुई हजार ८७२.०५ अङ्कमा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापक सेन्सेटिभ परिसूचक ०.३९ अङ्कले उकालो लागेर ५३८.९३ मा पुगेको छ । कूल २२५ कम्पनीको एक करोड १० लाख ५ हजार ६६९ कित्ता शेयर रु ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ बराबरको कारोबार भयो ।

कारोबार भएका विभिन्न १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । नेप्सेका अनुसार अन्य ३७.३४, लघुवित्त ३०.१७ अङ्कले ओरालो लागेको छ ।

यस्तै, बैंकिङ १९.५२, व्यापार १५.२७,होटल तथा पर्यटन २३.१२, विकास बैंक ११०.१५, जलविद्युत् २३.०६,वित्त ४३.१७, निर्जीवन बीमा १७८.७६, उत्पादन ७१.३७, जीवन बीमा २२१.३२ र सामूहिक लगानी कोष ०.११ अङ्कले ओरालो लागेको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ५८ अर्ब ७४ करोड १६ करोड २९ लाख ९६८ बराबर पुगेको छ ।

कारोबारका आधारमा एचआइडिसिएल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५७ करोड १२ लाख ७८ हजार ६३९ बराबरको कारोबार भयो । यस्तै, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ३१ करोड ८२ लाख ७८ हजार १९०, नेपाल दूरसञ्चार कम्पनी रु ३१ करोड १८ लाख ८४ हजार ६४, अरुण भ्याली हाइड्रोपावर रु १८ करोड २६ लाख २६ हजार ७१३ र जीवन विकास लघुवित्त रु १७ करोड ७५ लाख ४६ हजार ३१४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आज विभिन्न तीन कम्पनीको शेयर मूल्यमा १० प्रतिशत बराबरको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यसमा फरवार्ड माइक्रोफाइनान्स, वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल लघुवित्तका शेयरधनीले १० प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लाग्यो ।

यस्तै, छ्याङ्दी हाइड्रोपावर ८.९७ र एचआइडिसिएलका लगानीकर्ताले ७.३७ प्रतिशतले कमाए । त्यस्तै, माउण्टेन हाइड्रो ३.४४, सिभिल लघुवित्त ३.४२, न्यादी हाइड्रोपावर ३.१७, पञ्चकन्या माई हाइड्रोपावर ३.०८ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ३.०१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ५ : ३५ बजे

कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै तिवारीको ‘चौबाटोमा चार तारा’ विमोचन 

काठमाडौं– कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै नेता शंकर तिवारीले चौबाटोमा

विशेष महाधिवेशन : १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यको लागि निर्वाचन हुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा १३ पदाधिकारीसहित १ सय २१

पार्टीबाट अलग भइसकेका राष्ट्रपति पौडेल पनि कांग्रेसका मतदाता !

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व चयनतर्फ

तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं– देश योजनाबद्ध विकास यात्राको ७०औँ वर्षमा छ। मुलुकमा सङ्घीय

कांग्रेसमा अघि बढ्यो नेतृत्व चयन प्रक्रिया, भेला हुन थाले आकांक्षी (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन जारी रहँदा नयाँ केन्द्रीय