चैनपुरका २५ सय परिवारमा खानेपानी अभाव « Khabarhub

चैनपुरका २५ सय परिवारमा खानेपानी अभाव


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको चैनपुरका २५ सय परिवारले खानेपानी अभाव झेल्नु परेको छ । गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्ने बाध्य छन् ।

खानेपानीको चरम अभाव भएपछि पछिल्लो समय बसाइँ सर्न क्रम तीव्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका-१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौदेखि खानेपानी अभाव भएको कारण चैनपुर-१० का १४ घरपरिवार बसाइँ सरेका छन् ।

पिलुवा खोलामा पानी लिन जाँदा २ घण्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीय भरत भण्डारीले बताए । सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल बिसौना र मलाटेका लगायताका गाउँमा चरम खानेपानी अभाव भएपछि स्थानीय बसाइँ सर्न बाध्य भएका छन् ।

चैनपुरको १० नम्बर वडाबाट २ वर्षमा १४ घरपरिवार तराई बसाइसरेको वडाध्यक्ष तेजबहादुर कटुवालले जानकारी दिए ।
गाउँमा खानेपानी अभाव भएपछि इम्खुवा गाउँबाट पदम राई, पूर्णजीत जिमी, धनबहादुर जिमी, इन्द्र तामाङ, मंगल तामाङ बसाइँ सरेका छन् । कल्लेरी गाउँबाट प्रेमबहादुर कटुवाल,राम तामाङ,गोविन्द कटुवाल,खगेन्द्र कटुवाल,याम बहादुर राई गाउँमा खानेपानी अभाव भएपछि तराई तिर बसाइँ सरेका छन् ।

त्यस्तै सल्लेरी गाउँबाट चतुरमान तामाङ,सिंहबहादुर राई,ज्ञान बहादुर राई लगायतको घरपरिवार बसाइसरेका हुन् । झिलझिले गाउँको टिकाराम खाती गाउँ छाडेर तराई गएका छन् । चैनपुर नगरपालिकाको करिब २५ सय घरधुरीमा खानेपानीको अभाव रहेको छ ।

खानेपानीको चरम अभाव भएको चैनपुर –१० मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र,चैनपुर नगरपालिका र युनाईटेड वर्ल्ड स्कुल्स नेपाल संखुवासभाको संयुक्त लगानीमा गत पुष्मा लिफ्टिङ खानेपानी शिलान्यास भएका छ ।

खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी, इखुम्बा, साल बिसौना, सल्लेरी, झिलझिलेलगायतका स्थानीयले खुसी व्यक्त गर्दे चाडै सम्पन्न गरिदिनु अनुरोधसमेत गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : १५ बजे

निफका लागि ‘शोले’का निर्देशक रेमश सिप्पी नेपाल आउँदै

काठमाडौं – भारतका चर्चित निर्देशक, निर्मात र कलाकार रमेश सिप्पी

सुक्दै गरेका पानीको मुहान र महिलाको सङ्घर्ष

मेरो बाल्यकालको घर अगाडिको इनार मलाई अझै सम्झना छ ।

सेतो मच्छेन्द्रनाथको रथ निर्माण गरिँदै

काठमाडौं– दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले

दोधारा चादँनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र गतिमा भइरहेको छ