लेखा परीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनी कारबाहीमा « Khabarhub

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनी कारबाहीमा


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लेखा परीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनी कारबाहीमा परेका छन् । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ कम्पनीलाई समितिले कारबाही गरेको हो ।

आर्थिक वर्ष सकिएको १० महिनाभित्र बुझाउनु पर्ने लेखा परीक्षण प्रतिवेदन नबुझाएका कारण १० हजार रुपैयाँका दरले ११ कम्पनीलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा दुई सरकारी बीमा कम्पनी समेत छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार दी ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी कारबाहीमा परेका छन् ।

यस्तै आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सलाई कारबाही गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ६ : ५१ बजे

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो