स्थानीय चुनावको मिति घोषणाको माग गर्दै युवा संघद्वारा निरन्तर विरोध « Khabarhub

स्थानीय चुनावको मिति घोषणाको माग गर्दै युवा संघद्वारा निरन्तर विरोध


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघले सोमबार पनि विभिन्न स्थानमा प्रदर्शन गरेको छ । स्थानीय तहको चुनावको मिति घोषणा हुनुपर्नेलगायत मागहरू राखेर युवा संघले निरन्तर विरोध प्रदर्शन गर्दै आएको हो ।

संघका नेता तथा कार्यकर्ताले सोमबार बारा, नवलपरासी, बर्दियालगायत विभिन्न स्थानमा विरोध प्रदर्शनका साथै मसाल जुलुस निकालेका छन् ।

उनीहरूले वैशाखभित्रै स्थानीय तहको चुनाव हुनुपर्ने, हिंसात्मक अधिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गराउनुपर्नेलगायत माग राखेका छन् ।

यसअघि, शनिबार बसेको नेकपा एमालेसम्बद्ध जनसंगठन समन्वय संयन्त्रको बैठकले आन्दोलनलाई अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार जनसंगठनहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : ३९ बजे

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत

पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

बुटवल– पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ

अमेरिकाको हवाइमा २० वर्षयताकै ठूलो बाढी : हजारौं विस्थापित

हवाई – अमेरिकाको हवाई राज्यमा भारी वर्षासहितको आँधीबेहरीपछि राज्यव्यापी उच्च