चौँथो सम्झना कप टेबलटेनिसमा च्याम्पियन बने राजन « Khabarhub

चौँथो सम्झना कप टेबलटेनिसमा च्याम्पियन बने राजन


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको एनिज पिङपोङ क्लबका राजन सुब्बा चौँथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान पुरुष ५५ वर्षमाथि सिंगल्समा च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा राजनले भारतको इन्डियन मास्टर्सका कपिल कुमारलाई ३-१ ले पराजित गरे ।

राजनले पहिलो सेट ११-१३ ले गुमाए पनि त्यसपछिका ३ सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बने । राजनले दोस्रो सेटमा १२-१०, तेस्रोमा ११-७ र चौथोमा ११-४ को प्रदर्शन गरे ।

आयोजक ललितपुर टेबलटेनिस क्लबका प्रकाश धाख्वा र एनिजका कपुर शर्मा तेस्रो भएका छन् । पुरुष टिम इभेन्टमा इन्डियन मास्टर्सले भारतको अंशुल गर्ग एकेडेमी (एजीए) ‘ए’ लाई ३-१, भारतको जेकेजीले नेपाल प्रहरी क्लबलाई ३-१, नेपाल आर्मीले भारतको बैंक अफ बरोडालाई ३-० तथा नेपाल एपीएफ क्लबले एजीए ‘बी’ लाई ३-२ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष सिंगल्सको समूह चरणको खेल जारी छ भने महिला सिंगल्सको लिग चरणका खेल पनि सुरु भएका छन् । महिला सिंगल्समा ३८ खेलाडी सहभागी छन् । लिगबाट ८ खेलाडी नकआउट चारणमा प्रवेश गर्नेछन् ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ७ : ५५ बजे

गैर कानुनी अभ्यास गर्ने अध्यागमनका दुई अधिकृतमाथि छानबिन जारी

काठमाडौं– अध्यागमन विभागले गैर कानुनी अभ्यास गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट

‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु

पर्वत– पर्वतको मोदी गाउँपालिकामा पहिलोपटक बोरिङमार्फत लिफ्ट खानेपानी आयोजना सुरु

विद्यार्थी र कर्मचारीका दलीय संगठन कुनै पनि हालतमा तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका

यूएईविरुद्ध नेपालले गुमायो तेस्रो विकेट, कुशल भुर्तेल रन आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

भूपदेव शाह बने रास्वपा महामन्त्री, बालेन पक्षका अन्य नेतालाई पनि नयाँ जिम्मेवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाह लाई महामन्त्रीमा