घलेगाउँमा स्मार्ट भिलेज तेस्रो गोल्डकप-२०७९ हुने « Khabarhub

घलेगाउँमा स्मार्ट भिलेज तेस्रो गोल्डकप-२०७९ हुने


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नमुना पर्यटकीय घलेगाउँमा स्मार्ट भिलेज तेस्रो गोल्डकप-२०७९ हुने भएको छ । क्व्होलासोथर गाउँपालिका-३ स्थित उत्तरकन्या युनाइटेड युवा क्लबको आयोजनमा गोल्डकप फुलबल प्रतियोगिता हुने भएको हो ।

घलेगाउँको स्वर्ग भूमि रंगशालामा सञ्चालन हुने प्रतियोगिता नयाँ वर्ष अर्थात् आगामी १ वैशाखमा सुरु हुने आयोजक उत्तरकन्या युनाइटेड क्लबका अध्यक्ष बेलराम घलेले बताए ।

प्रतियोगिताको प्रथम पुरस्कार २ लाख र द्वितीय पुरस्कार नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्‍तै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कार स्वरूप ७/७ हजार रुपैयाँ  प्रदान गरिने अध्यक्ष घलेले जानकारी दिए ।

१२ टिम सहभागीता रहने प्रतियोगितामा सहभागिताका लागि १ वैशाख बिहानसम्म टिम दर्ताका लागि समय तोकिएको खेल संयोजक गंगा घलेले बताए । उनका अनुसार टिम दर्ता शुल्क १२ हजार तोकिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ९ : १६ बजे

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा