भारतीय नम्बर प्लेटको कार सर्लाहीमा दुर्घटना, एकको मृत्यु, पाँच घाइते « Khabarhub

भारतीय नम्बर प्लेटको कार सर्लाहीमा दुर्घटना, एकको मृत्यु, पाँच घाइते


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको लाबन्दीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका-१७, स्थित कालिन्जोर पुल नजिकै भारतीय नम्बर प्लेट बिआर ०६ बिएम १५ ३७ नम्बरको कार दुर्घटनामा हुँदा चालक भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी-२, का अन्दाजी २२ वर्षीय नवीन यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कानबाट रगत बगेको अवस्थामा तत्काल उद्धार गरी गडीमाई अस्पताल लालबन्दी पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतक यादवको सव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ ।

दुर्घटनामा कारमा सवार भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी-२, का अतुल कुमार, उमेश भनिने दिव्यान्स यादव, प्रिन्सराज राजपुत, बजरंगी भनिने सौरव यादव र भारतको मुजलफ्फरपुर रामनगरका अजित यादव घाइते भएका छन् ।

उनीहरुको पनि लालबन्दीस्थित गडीमाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो । तीब्र गतिमा रहेको कार अनियन्त्रित भई सडकबाट १० फिट तल गएर पल्टिएको थियो । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ९ : ४५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा