पूर्वी युक्रेनमा रुसविरुद्ध लड्न युक्रेनी सेना तयार छ : जेलेन्स्की « Khabarhub

पूर्वी युक्रेनमा रुसविरुद्ध लड्न युक्रेनी सेना तयार छ : जेलेन्स्की


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वीयुक्रेनमा थप लडाइँका लागि आफ्नो सेना तयार रहेको रुसलाई चेतावनी दिएका छन् । रुसले युक्रेनविरुद्धको लडाइ कम गर्ने बताइरहेका बेला राष्ट्रपति जेलेन्स्कीको उक्त भनाइ आएको हो ।

‘हामीलाई कसैसँग विश्वास छैन । एउटा सुन्दर वाक्यांशमा पनि विश्वास छैन’, एउटा भिडियो सम्बोधनमा उनले भने । रुसी सेनाहरू पूर्वी दोनबास क्षेत्रमा आक्रमण गर्न पुनः संगठित भइरहेका उनले बताए ।

‘हामी केही पनि दिनेछैनौँ । हामी हाम्रो क्षेत्रको प्रत्येक मिटरको लागि लड्नेछौं’, उनले थपे । मंगलबार इस्तानबुलमा भएको शान्ति वार्तापछि एक रुसी वार्ताकारले मस्कोले राजधानी किभ र उत्तरी सहर चेर्निगिभ वरपर भएका आक्रमण कटौती गर्ने बताएका थिए तर पनि रुसी सेनाले निरन्तर गोलाबारी गरेको थियो ।

यसैबीच, रुसी सेना किभको उत्तरमा रहेको प्रयोगिबिहीन चेर्नोबिल आणविक ऊर्जा भट्टीबाट बाहिर निस्कन थालेको अमेरिकी सैन्य अधिकारीहरूले बताएका छन् । ‘हामीलाई लाग्छ कि उनीहरू त्यहाँबाट जाँदैछन् ।

तर, तिनीहरू सबै त्यहाँबाट गइसकेका छन भन्न सक्दिन’, एक अमेरिकी अधिकारीको भनाई उद्धृत गर्दै एएफपीले लेखेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ९ : ५८ बजे

राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल

राँझा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका