‘हेल्लो जिन्दगी’ लाई सन्दीप र रविन्द्रको साथ « Khabarhub

‘हेल्लो जिन्दगी’ लाई सन्दीप र रविन्द्रको साथ


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘हेल्लो जिन्दगी’ शुक्रबारबाट रिलिज हुँदैछ । फिल्म घोषणा हुने समयमा निकै चर्चा भएको थियो । फिल्मसँग जोडिदा खुशी लागेको प्रतिक्रिया दिने अभिनेत्रीहरुले फिल्मको प्रचारप्रसारमा साथ दिएनन् । फिल्मका दुई परिचित अनुहारहरु प्रियंका कार्की र दीपिका प्रसाईंसँगै विल्सन विक्रम राई पनि पब्लिसिटीमा देखिएका छैनन् । नयाँ अनुहार विक्रम जोशीले फिल्मको प्रचारप्रसार गरिरहेका छन् ।

फिल्मको प्रचारमा अभिनेत्रीहरु नदेखिएता पनि अन्य कलाकार देखिएका छन् । रिलिजको संघारमा बुधवार आयोजित एक कार्यक्रममा अभिनेता अनुप विक्रम शाही, सन्दीप क्षेत्री, रविन्द्र झा फिल्मको टिमसँग देखिए । यी कलाकारसँगै निर्देशक मिलन चाम्स, शोभित बस्नेत , डाक्टर कपिल रिजाल पनि कार्यक्रममा उपस्थित थिए । उनीहरुले फिल्म हेर्न समेत दर्शकलाई आग्रह गरे । निर्देशक एभरेस्ट सूर्य बोहराको अघिल्लो फिल्म ‘श्री’ मा सहकार्य गरेका सन्दीपले नेपाली फिल्मलाई हेर्ने बानी दर्शकले गर्नु पर्नेमा जोड दिए । ‘हामीले हाम्रो फिल्मलाई माया नगर्ने हो भने कसरी यो क्षेत्र अगाडी बढ्छ ?’ सन्दीपले प्रश्न गर्दै भने,‘आफूले खेलेको फिल्मलाई लिएर कोही उत्साही छैन भने त्यो कलाकार होइन ।’

सन्दीप झैँ रविन्द्रलले पनि नेपाली फिल्मलाई हेरेर सल्लाह दिए मात्र मेकिङमा स्तरीयता बढ्ने बताए । ‘नेपाली फिल्म हेरेर सुझाव दिए यसमा हुने लगानी अवश्य बढ्छ ।’ छोटो कुरा गरेका रविन्द्रसँगै रहेका फिल्मका निर्देशक बोहोराले पैसाकै कारण अभिनेत्री द्वयसँग सम्बन्धमा दरार नआएको बताए । ‘हामीले उहाँहरुले मागेजति पैसा पनि दिएका छौँ र कसैको रोल पनि अधुरो छैन’ निर्देशक बोहोरा भन्छन्,‘कलाकारले फिल्ममा नभए पनि हामीसँग फिल्मलाई माया गर्ने कलाकार पनि छन् । व्यक्तिभन्दा नेपाली फिल्म ठुलो हो ।’

अभिनेता विक्रम जोशीले कथावस्तु विदेशमा घटेको एक यथार्थ घटनामा आधारित रहेको बताए । ‘विदेशमा भएको घटनालाई हामीले फिल्ममा उतारेका छौँ। दर्शकले इन्जोय गर्न सक्नुहुन्छ’ विक्रमले भने । फिल्ममा विक्रान्त बस्नेत, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त लगायतको अभिनय छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १२ : ३६ बजे

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता