फ्रान्सको न्यू कलेडोनियामा ७ म्याग्निच्युडको भूकम्प « Khabarhub

फ्रान्सको न्यू कलेडोनियामा ७ म्याग्निच्युडको भूकम्प


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रशान्त महासागरमा फ्रान्सेली प्रशासनमा रहेको न्यू कलेडोनिया क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले दिएको जानकारीअनुसार न्यू कलेडोनियाको टाडिन शहरबाट २८० किलोमिटर दक्षिणपूर्वमा पर्ने समुद्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु सतहभन्दा १० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ ।

भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामी चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले भानुआटु, फिजी र न्यू कलेडोनियाको तटमा ज्वारभाटाको स्तरभन्दा ० दशमलब ३ मिटरजति सुनामीका छालहरू आउन सक्ने चेतावनी जारी गरेको थियो ।

तर, केही समयपछि सेवाले सो जोखिम टरेको जनाएको थियो । भूकम्पबाट न्यू कलेडोनियामा कुनै क्षति नभएको एएफपीले जनाएको छ । ‘भूकम्पको स्थान, गहिराइ र म्याग्निच्युडलाई हिसाब गर्दा न्यु कलेडोनियामा सुनामीको कुनै जोखिम छैन’, अधिकारीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  २ : ३७ बजे

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको