फ्रान्सको न्यू कलेडोनियामा ७ म्याग्निच्युडको भूकम्प « Khabarhub

फ्रान्सको न्यू कलेडोनियामा ७ म्याग्निच्युडको भूकम्प


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रशान्त महासागरमा फ्रान्सेली प्रशासनमा रहेको न्यू कलेडोनिया क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले दिएको जानकारीअनुसार न्यू कलेडोनियाको टाडिन शहरबाट २८० किलोमिटर दक्षिणपूर्वमा पर्ने समुद्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु सतहभन्दा १० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ ।

भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामी चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले भानुआटु, फिजी र न्यू कलेडोनियाको तटमा ज्वारभाटाको स्तरभन्दा ० दशमलब ३ मिटरजति सुनामीका छालहरू आउन सक्ने चेतावनी जारी गरेको थियो ।

तर, केही समयपछि सेवाले सो जोखिम टरेको जनाएको थियो । भूकम्पबाट न्यू कलेडोनियामा कुनै क्षति नभएको एएफपीले जनाएको छ । ‘भूकम्पको स्थान, गहिराइ र म्याग्निच्युडलाई हिसाब गर्दा न्यु कलेडोनियामा सुनामीको कुनै जोखिम छैन’, अधिकारीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  २ : ३७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा