द कश्मीर फाइल्स ‘युएई’ मा रिलिज हुने  « Khabarhub

द कश्मीर फाइल्स ‘युएई’ मा रिलिज हुने 


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘द कश्मीर फाइल्स’ को चर्चा सेलाएको छैन । फिल्मले उठान गरेको विषयवस्तु,फिल्मको बक्स अफिस कलेक्सन, फिल्मलाई ट्याक्स फ्री लगायतका विविध कुराहरुले यसलाई चर्चामा ल्याएको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको फिल्मले पहिलो साता एक सय करोडको व्यापार गरेको थियो । फिल्मले अहिलेसम्म २ सय ३६ करोडको कलेक्सन गरिसकेको छ ।

हिन्दी भाषामा मात्र रिलिज भएको फिल्मले राम्रो व्यापार गरेपछि दर्शकको आकर्षण बढेसँगै फिल्म अन्य भाषामा पनि स्वरांकन भएर रिलिज हुने भएको छ । तमिल, तेलुगु, मलयालम, कन्नड भाषामा पनि फिल्मलाई तयार गरेर प्रदर्शन गर्ने तयारी निर्माण पक्षले थालेको छ । नर्थ इन्डियाका सहरहरुमा कमाल गरिरहेको फिल्मले साउथका तमिल र तेलुगु भाषाका फिल्म रुचाउने दर्शकको पनि मन जित्ने विश्वास निर्माण पक्षको छ ।

यसका साथै फिल्म युएईमा पनि रिलिज हुने भएको छ । बलिउड अगाडि नै युएईमा भारतीय फिल्महरु रिलिज हुने भएता पनि यो फिल्म भने सेन्सर पास नहुँदा प्रदर्शनमा आउन सकेको थिएन । फिल्मका निर्देशक विवेक अग्निहोत्रीले फिल्म युएइमा बिना काँटछाँट रिलिज हुने जानकारी सोसल मिडिया मार्फत दिएका छन् । ‘फिल्म ७ अप्रिलबाट रिलिज हुँदैछ। निकै उत्साहित छु’ विवेकले सोसल मिडियामा लेखेका छन् ।

कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । यसमा छलफल बढेसँगै फिल्म हेर्नेको संख्या पनि बढ्दो छ । विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ४ : ०९ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो