पीएनजीविरुद्ध नेपालको शानदार जीत, करण केसीको ह्याट्रिक « Khabarhub

पीएनजीविरुद्ध नेपालको शानदार जीत, करण केसीको ह्याट्रिक


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले लगातार तेस्रो जीत निकाल्दै फाइनलमा प्रवेश गरेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्यू गिनी पीएनजीलाई ३७ रन ले पराजित गरेको हो ।

२ सय ४ रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको पीएनजी १९ ओभर ४ बलमा मात्र १ सय ६६ रन बनाउन सफल भयो । पीएनजीलाई लक्ष्य पुरा गर्नबाट रोक्न नेपालका करन केसीले ह्याट्रिकसहित ५ विकेट लिए ।

उनले अन्तिम तीन बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । नेपालका लागि अविनाश बोहोरा र सोमपाल कामीले २–२ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले १ विकेट लिए । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६६ रन, रोहित पौडेलले ४१ र आशिफ शेखले ३८ रन बनाए । मोहम्मद आदिल आलामले ३१ र कुशल भूर्तेलले १७ रन जोडे ।

आरिफ शेखले अविजित २ र करन केसीले १ रन जोडे । दिलिप नाथ शून्य रनमा आउट भए भने अविजित रहेका कप्तान सन्दीप लामिछानेले पनि रन जोड्न असफल रहे ।

(भूलसुधार- यसअघि प्रकाशित समाचारको शीर्षकमा करण केसी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।)

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ४ : १४ बजे

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको