शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुँदै « Khabarhub

शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुँदै


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको ऊर्जा क्षेत्रको विकास तथा विस्तारमा सहयोग पुर्‍याउन उद्देश्यका साथ आगामी शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणको आयोजना हुने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इपान) को आयोजनामा हुने एक्स्पो तीन दिनसम्म चल्नेछ । एक्स्पोबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जानकारी दिए ।

एक्स्पोको पूर्वसन्ध्यामा शनिबार बिहान विद्युतीय सवारी साधनको र्‍याली आयोजना गरिनेछ । भृकुटीमण्डपबाट सुरु हुने र्‍याली नेपालकै पहिलो जलविद्युत् आयोजना फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमै आएर समापन हुनेछ । फर्पिङ जलविद्युत् आयोजनामा पर्यटनमन्त्री प्रेम आलेले सहभागीलाई स्वागत गर्ने कार्यक्रम छ ।

कूल ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको उक्त एक्स्पोमा नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यातको वातावरण बनाउने तथा जलविद्युत् क्षेत्रले विकास गरेका संसारभरका नयाँ प्रविधिबारे सम्वद्र्धपक्षलाई ज्ञान तथा सूचना सम्प्रेषण गर्ने अवसर हुने आचार्यको भनाइ छ ।

“एक्स्पो अवधिभर प्रत्येक दिन जलविद्युत् आयोजनासम्बन्धी विषयगत ६ भन्दा बढी टेक्निकल सेसन सञ्चालन तथा अन्तक्र्रिया तय गरेका छौँ”, आचार्यले भने। एक्स्पोमा जलविद्युत् आयोजानका प्रवर्द्धक, सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकर वित्त कम्पनीले सयभन्दा बढी स्टल बुकिङ गरेका छन् ।

प्रर्दशनीमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत देशका कम्पनी तथा सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ । यस्तै, एक्स्पोमा जलविद्युत प्रवद्र्धक, उत्पादक, लगानीकर्ता, सप्लायर्स, बैंक, बिमा, जलविद्युत्मा नयाँ प्रविधि तथा निर्माण सामग्रीका सप्लायर्ससँग सम्बन्धित १०० भन्दा बढी कक्ष राखिने इपानले जनाएको छ ।

एक्स्पोको मुख्य उद्देश्य नेपालमा उत्पादित जलविद्युत्को बजारीकरण गर्नु रहेको उनले औँल्याउए । अध्यक्ष आचार्यले नेपालमा हाइड्रोपावरको इतिहास एक शताब्दीको भए पनि २०४८ सालपछि निजी क्षेत्रको प्रवेशका कारण सो क्षेत्रले फड्को मारेको बताए। उनले १० वर्षमा १५ हजार मेगावाट जलविद्युत् उत्पादनको सरकारी घोषणा कार्यान्वयनको सम्भावना देखिएको भन्दै निजी क्षेत्र त्यसबाट उत्साहित भएको उल्लेख गरे।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ६ : ५० बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो