को सँग काम गर्न चाहन्छन् जुनिएर एन्टीआर ? « Khabarhub

को सँग काम गर्न चाहन्छन् जुनिएर एन्टीआर ?


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउथ इन्डियन एक्टर जुनिएर एन्टीआर पछिल्लो समय चर्चामा छन् । उनले अभिनय गरेको फिल्म ‘आरआरआर’ ले विश्वभर दर्शकको माया पाइरहेको छ । फिल्मले राम्रो रेस्पोन्स पाएसँगै त्यसको प्रभाव बक्स अफिसमा देखिएको छ । फिल्मले विश्वभर सात सय करोड बढीको कलेक्सन गरिसकेको छ । एन्टीआरले फिल्ममा हिन्दी भाषामा पनि आफैँ डबिङ गरेका छन् । उनले आफ्नो पात्रलाई अन्य भाषामा पनि जीवन्त बनाएको चर्चा चलीनै रहेको छ । यसबीच उनले हिन्दी भाषाको फिल्म गर्ने मनसाय व्यक्त गरेका छन् ।

‘मलाई पूर्ण रुपको हिन्दी भाषाको फिल्म गर्न मन छ । किनकी मेरो लागि भाषा कहिले अवरोध बन्दैन’ उनले भने । एन्टीआरले निर्देशक एसएस राजामौलीले आफूलाई भाषामा नभई इमोसनमा काम गर्न सुझाएको समेत बताए । ‘भाषाले तिमीलाई फरक पार्दैन । किनकी इमोसन जहाँ पनि एकै हुन्छ । त्यसैले भाषालाई इस्यु नबनाउ । मलाई राजामौलीले भनेका छन्’ एन्टीआरले भने । उनले अनुपम चोपडासँग अन्तर्वार्ताको क्रममा आफूलाई बलिउडका दुई निर्देशकसँग काम गर्ने इच्छा रहेको समेत बताएका छन् ।

उनले राजकुमार हिरानी र संजय लीला भन्सालीसँग काम गर्ने इच्छा जाहेर गरेका हुन् । ‘मलाई राजकुमारजीको कथा वस्तु निकै मन पर्छ । उहाँले कथा र पात्रलाई दर्शकसँग भावनात्मक रुपमा जोड्नु हुन्छ । त्यसैले म उहाँको काम देखि निकै प्रभावित छु’ उनले भने । यस्तै , भन्सालीको भव्य सेट, कथावस्तु चयनले उनलाई प्रभावित बनाएको छ । ‘भन्सालीले छनौट गर्ने विषय र काल्पनिक संसारमा दर्शकलाई जोड्ने कलाको म फ्यान हुँ’ एन्टीआरले अन्तर्वार्ताको क्रममा भने । अब हेरौँ साउथका यी स्टारको इच्छामा बलिउडका दुई धुरन्धर निर्देशक हिरानी र भन्सालीले कस्तो प्रतिक्रिया जनाउँछन् ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ७ : ०४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक