खैबर पख्तुनख्वामा बेपत्तामध्ये दुई तिहाइ अझै घर फिरेनन् « Khabarhub

खैबर पख्तुनख्वामा बेपत्तामध्ये दुई तिहाइ अझै घर फिरेनन्


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०११ यता पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तबाट बेपत्ता धेरै मानिसहरु अझै फेला परेका छैनन् । त्यसयता बेपत्ता भएका केबल एक तीहाईमात्र घर फर्किएको पाकिस्तानबाट प्रकाशित हुने इस्लामखबर अनलाइनले जनाएको छ ।

जबरजस्ती बेपत्ता पारिएका मािनसहरुको छानबिनका लागि गठित आयोगले सन् २०११ यता सो प्रान्तबाट ८ हजार ४ सय ६३ जना बेपत्ता भएकोमा केबल ३ हजार २ सय ८४ जनामात्रै घर फर्केको जानकारी दिएको छ । इस्लामावाद उच्च अदालतमा आयोगले यस्तो तथ्यांक प्रस्तुत गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

मार्च २०११ देखि फेब्रुअरी २०२२ सम्म जबरजस्ती बेपत्ता पारिएको भन्दै ८ हजार ४ सय ६३ उजुरी परेपनि केबल ३ हजार २ सय ८४ जना मात्र घर फर्केको सूचना मिलेको जनाइएको छ । हराइरहेका ६ हजार २ सय १४ मध्ये २ हजार २ सय ४९ जनाको बारेमा अझ अनुसन्धान भइरहेको जनाइएको छ ।

अतिवादी समूहको बाक्लो उपस्थित रहेको खैबर पख्तुनख्वा प्रान्तमा पाकिस्तानी सेनाको कारवाहीका क्रममा धेरै मानिसहरुलाई बेपत्ता पार्ने गरिएको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ७ : २३ बजे

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु