भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिन्छ : विनोद चौधरी « Khabarhub

भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिन्छ : विनोद चौधरी


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले पूर्वाधारको क्षेत्रमा विकास गर्न सकिएमा भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका हुन् ।

सरकारले पूर्वपश्चिम राजमार्ग चारलेनको बनाउने बजेट ल्याउनु सकारात्मक भएको भन्दै उनले प्रदेश सरकारलाई जिम्मेवार र अधिकार दिनुपर्ने बताए । स्थानीय तहकै कारण कोरोनाभाइरस महामारी नियन्त्रणमा सफलता हात लागेको बताउँदै उनले आर्थिक विकास र बेरोजगार कम गर्न प्रदेशलाई जिम्मा दिनुपर्ने बताए ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  २ : ४२ बजे

रविलाई पार्टी कार्यालयमा स्वागत, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका