जहाज दुर्घटना : मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो « Khabarhub

जहाज दुर्घटना : मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शब हिजो सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शब अहिले नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो । उनका अनुसार काठमाडौँ ल्याएका शवहरू त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शबहरुलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सोमबार नै विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग समेत गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा अझैपनि कुहिरो लागेको बताइएको छ । आइतबार मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो । पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । 

जहाजमा चालक दलका तीनजना क्याप्टेन प्रभाकर घिमिरे सहचालक उत्सव पोख्रेल, परिचालिका किस्मि थापासहित नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, बसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तमाङ, राममाया तमाङ, सुकमाया तमाङ, तुलसादेबी तमाङ रहेका थिए। यस्तै जहाजमा भारतीय नागरिकमा भाइ भाइ बन्देकर, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, रितिका त्रिपाठी रहेका थिए।

यसैगरी जर्मन नागरिकमा मेकग्रीफ्ट ग्राफ तथा वइ वइल्नर सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  २ : ४० बजे

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा