साउदीमा अवैध रुपमा बसेका ११८ नेपालीले पाए एक्जिट भिसा « Khabarhub

साउदीमा अवैध रुपमा बसेका ११८ नेपालीले पाए एक्जिट भिसा


१७ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरेबियामा अवैध रुपमा बसेका ११८ जना नेपालीले एक्जिट (बहिर्गमन) भिसा पाएका छन् ।

साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले ११ नेपालीलाई बहिर्गमन भिसा दिएको हो । साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (एक्जिट भिसा ) का लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिए अनुसार भिसा प्राप्त भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार दुई हप्तामा रियादबाट प्रोसेसिङ् गरिएका मध्ये जम्मा ११८ जनाको वहिर्मन भिसा प्राप्त भएको छ । दूतावासले फेसबुक पेजमा प्रकाशित लिष्टमा नाम आएकाहरूले दूतावासमा गएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान समेत अनुरोध गरेको छ ।

दूतावासले प्रोसेसिङ गरेर प्राप्त हुने वहिर्गमन भिसाको सूचि प्रत्येक हप्ता दूतावासको फेसबुक पेजमार्फत् सार्वजनिक गर्ने जनाएको छ । उक्त सूचिमा दमाम, जुवेल, खोबर र अलहासास्थित अध्यागमन कार्यालयबाट प्राप्त हुने वहिर्गमन भिसाको विवरण समेत समावेश गरिने दूतावासले जनाएको छ ।

बहिर्गमन भीसा जारी भएकाहरुले भिसा जारी भएको ६० दिन भित्र साउदी अरब छोडिसक्नुपर्ने नियम छ । पछिल्लो समय त्यहाँका विभिन्न कम्पनीहरुले अकामा नबाईदिएको तथा कम्पनी छोडेर भागेर अन्य कम्पनीमा काम गरिरहेका नेपालीहरुलाई स्वदेश फर्किन एक्जिट भिसा आवश्यक पर्छ ।

अहिले साउदीमा ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किनको लागि एक्जिट भिसाको पर्खाइमा रहेका छन् । दूतावासले पनि एक्जिट भिसाको लागि प्रोसेसिङ भैरहेको र एक्जिट भिसा प्राप्त गर्नसाथ फेसबुक पेज मार्फत सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ३ : २७ बजे

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’