साउदीमा अवैध रुपमा बसेका ११८ नेपालीले पाए एक्जिट भिसा « Khabarhub

साउदीमा अवैध रुपमा बसेका ११८ नेपालीले पाए एक्जिट भिसा


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरेबियामा अवैध रुपमा बसेका ११८ जना नेपालीले एक्जिट (बहिर्गमन) भिसा पाएका छन् ।

साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले ११ नेपालीलाई बहिर्गमन भिसा दिएको हो । साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (एक्जिट भिसा ) का लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिए अनुसार भिसा प्राप्त भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार दुई हप्तामा रियादबाट प्रोसेसिङ् गरिएका मध्ये जम्मा ११८ जनाको वहिर्मन भिसा प्राप्त भएको छ । दूतावासले फेसबुक पेजमा प्रकाशित लिष्टमा नाम आएकाहरूले दूतावासमा गएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान समेत अनुरोध गरेको छ ।

दूतावासले प्रोसेसिङ गरेर प्राप्त हुने वहिर्गमन भिसाको सूचि प्रत्येक हप्ता दूतावासको फेसबुक पेजमार्फत् सार्वजनिक गर्ने जनाएको छ । उक्त सूचिमा दमाम, जुवेल, खोबर र अलहासास्थित अध्यागमन कार्यालयबाट प्राप्त हुने वहिर्गमन भिसाको विवरण समेत समावेश गरिने दूतावासले जनाएको छ ।

बहिर्गमन भीसा जारी भएकाहरुले भिसा जारी भएको ६० दिन भित्र साउदी अरब छोडिसक्नुपर्ने नियम छ । पछिल्लो समय त्यहाँका विभिन्न कम्पनीहरुले अकामा नबाईदिएको तथा कम्पनी छोडेर भागेर अन्य कम्पनीमा काम गरिरहेका नेपालीहरुलाई स्वदेश फर्किन एक्जिट भिसा आवश्यक पर्छ ।

अहिले साउदीमा ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किनको लागि एक्जिट भिसाको पर्खाइमा रहेका छन् । दूतावासले पनि एक्जिट भिसाको लागि प्रोसेसिङ भैरहेको र एक्जिट भिसा प्राप्त गर्नसाथ फेसबुक पेज मार्फत सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ३ : २७ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत