सुर्तीजन्य पदार्थका कारण वार्षिक २७ हजार बढीको मृत्यु « Khabarhub

सुर्तीजन्य पदार्थका कारण वार्षिक २७ हजार बढीको मृत्यु


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– नेपालमा सुर्तीजन्य पदार्थका बार्षिक २७ हजार भन्दा बढी सर्वसाधारणले ज्यान गुमाउने गरेको जानकारी दिइएको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

सुर्तीजन्य पदार्थका कारण विश्वमा बार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क प्रश्तुत गर्दै डा. शम्भु काफ्लेले सन् २०३० सम्ममा ६ मध्ये एकजनाको मृत्यु सुर्तीजन्य पदार्थ सेवनको कारण हुनसक्ने जानकारी गराएका हुन् ।

मानिसलाई लाग्ने मुटुरोगको २८ प्रतिशत कारण धुम्रपान नै भएको उनले बताए । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले मनले चाहेमा धुम्रपानको लत छोड्न सकिने बताए ।

पछिल्लो समय धेरै युवाहरुमा धुम्रपानमा लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । कार्यक्रममा वरिष्ठ स्वास्थ्य प्रशासक राजेन्द्रकुमार झाले सुर्तीजन्य पदार्थको कारण धेरैले अकालमै ज्यान गुमाइरहेको भन्दै सर्वसाधारणमा सचेतना फैलानु आवश्यक रहेको बताए ।

विश्व धुम्रपानरहित दिवसको अवसरमा मंगलबार बिहान स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतिथ्यतामा बुद्धचोकबाट प्रभातफेरी कार्यक्रमसहित जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ११ : २७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन