तनहुँ घिरिङका ११६ घर परिवार खानेपानी योजनाबाट लाभान्वित « Khabarhub

तनहुँ घिरिङका ११६ घर परिवार खानेपानी योजनाबाट लाभान्वित


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–४ नयाँटारमा निर्माण सम्पन्न भएको खानेपानी योजनाबाट एक सय १६ घरधुरी लाभान्वित भएका छन् । गोरखा वेलफेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न नयाँटार खानेपानी तथा सरसफाइ आयोजनाबाट एक सय १६ घरधुरीमा पानीको सुविधा पुगेको हो ।

रु ८२ लाख १५ हजार चार सय ६१ को लागतमा योजना निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष हिना गुरुङले जानकारी दिए । योजनाका लागि वेलफेयर ट्रष्टले रु ४९ लाख नौ हजार पाँच सय ६१ र घिरिङ गाउँपालिकाले रु तीन लाख २५ हजार सहयोग गरेको छ भने स्थानीयवासीले रु २९ लाख ८० हजार बराबरको श्रमदान गरेका छन् ।

घरघरमा धारा नहुँदा खोल्सा र पँधेराको पानी उपभोग गर्न बाध्य स्थानीयवासी घरघरमा खानेपानी सुविधा पुगेपछि हर्षित भएका छन् । योजना निर्माण सम्पन्न भएपछि पाँच सय ८१ जना लाभान्वित भएका छन् । ‘घरघरमा धारा नहुँदा बिहानै उठेर कुवा, खोल्सामा पानी लिन जानुपर्ने बाध्यता थियो, अब त घरमै धारा खोलेपछि पानी आउँछ’, उनले भने, ‘खानेपानीको जोहो गर्नुपर्ने दुःख हट्यो ।’

खहरे मूलबाट पानी ल्याएर ट्याङ्कीमा सङ्कलन गरी घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको छ । योजनाअन्तर्गत एक रिजर्भ ट्याङ्की, एक वासवाउट, सात गेट भल्व निर्माण गरिएको छ । योजना निर्माणका क्रममा आठ हजार पाँच सय ८५ मिटर पाइप विस्तार गरिएको छ ।

उक्त खानेपानी योजनाको शनिबार उद्घाटन गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले खानेपानी योजना निर्माणका लागि सहयोग गरेकामा वेयलफेयर ट्रष्टप्रति आभार व्यक्त गरे । घिरिङका अधिकांश बस्तीमा खानेपानीको सुविधा पुगिसकेको र बाँकी बस्तीमा पनि खानेपानी पुर्‍याउने काम भइरहेको अध्यक्ष थापाले बताए।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १० : ०८ बजे

कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ

नेपालगञ्ज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले

स्वास्थ्यमन्त्री मेहताको निर्देशनमा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको

झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू

बेइजिङ-स्थान- त्रिभुवन विमानस्थल, काठमाडौंसमय- असार १४ गते आइतबार राति ८.३०

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।