पूर्वी युक्रेन छाड्न नागरिकलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आग्रह « Khabarhub

पूर्वी युक्रेन छाड्न नागरिकलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आग्रह


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी नियन्त्रणमा रहेको पूर्वी डोनेत्स्क क्षेत्रका केही भागमा रहेका सबै नागरिकलाई त्यहाँबाट हट्न आदेश दिएका छन् । आफ्नो नियमित सम्बोधनमा जेलेन्सकीले लडाइँलाई तीव्र पार्ने चेतावनी दिए ।

‘अहिले जति धेरै मानिसहरू दोनेत्स्क क्षेत्र छोड्छन्, त्यति नै कम मानिसहरूलाई रूसी सेनाले मार्ने समय पाउनेछ’, युक्रेनी नेताले भने, ‘हामी सकेसम्म धेरै जीवन बचाउन र रुसी आतंकलाई सकेसम्म सीमित गर्न सबै उपलब्ध अवसरहरू प्रयोग गर्नेछौँ ।’

उक्त क्षेत्रको ठूलो भाग नियन्त्रण गर्ने रूसी सेनाको ढिलो प्रगतिबीच ठूला झडप भएका छन् ।

सबै उपलब्ध अवसरहरू प्रयोग गरेर सम्भव भएसम्म बढी जीवनरक्षा गर्ने राष्ट्रपति जेलेन्स्कीले बताए । रुसी आतंकलाई सक्दो सीमित पार्ने उनले बताए । हजारौँ सर्वसाधारणहरू दोनेत्स्क क्षेत्रमा फसेका र अधिकारीहरूले उनीहरूलाई सहयोग जारी राखेका प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ११ : ३५ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले