महाअभियोग सिफारिस समितिमा राणाको बयान सुरु « Khabarhub

महाअभियोग सिफारिस समितिमा राणाको बयान सुरु


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान लिन सुरु गरेको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक करिब डेढ घण्टा ढिला गरी सुरु भएसँगै राणाको बयान सुरु गरिएको हो । राणा ११ बजे नै सिंहदरबार पुगेका थिए ।

बयानका लागि आवश्यक मापदण्ड बनाउन थाल्दा ढिलाइ भएको समितिले जनाएको छ । समितिले उनीमाथि लागेका आरोपसँग सम्बन्धित जम्मा ६४ वटा प्रश्न सोध्ने तयारी गरेको छ ।

अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबन्डा खोजेको जस्ता आरोप लगाउँदै राणालाई सत्तारुढ दलले १ फागुनमा महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १२ : ५३ बजे

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक