महाअभियोग सिफारिस समितिमा राणाको बयान सुरु « Khabarhub

महाअभियोग सिफारिस समितिमा राणाको बयान सुरु


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान लिन सुरु गरेको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक करिब डेढ घण्टा ढिला गरी सुरु भएसँगै राणाको बयान सुरु गरिएको हो । राणा ११ बजे नै सिंहदरबार पुगेका थिए ।

बयानका लागि आवश्यक मापदण्ड बनाउन थाल्दा ढिलाइ भएको समितिले जनाएको छ । समितिले उनीमाथि लागेका आरोपसँग सम्बन्धित जम्मा ६४ वटा प्रश्न सोध्ने तयारी गरेको छ ।

अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबन्डा खोजेको जस्ता आरोप लगाउँदै राणालाई सत्तारुढ दलले १ फागुनमा महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १२ : ५३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी