प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ


१५ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुग्लिङ नगरपालिका–९ घर भएका ३० वर्षीय विजय गुरागाई छन् ।

गत १२ भदौमा चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगास्थित चेकप्वाइन्टमा काँकडभित्तादेखि काठमाडौँतर्फ आइरहेको प्र.०२.०३.००१ ख ०३२९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई चेकजाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित फेला पारेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुरागाईउपर लागूऔषध नियन्त्रण ऐन, २०३३ को कसूरमा काठमाडौं जिल्ला अदालतबाट १० को म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  १ : ०१ बजे

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका