बाँकेका जिल्ला न्यायाधीश अधिकारीलाई पदबाट बर्खास्त गर्ने न्याय परिषद्को निर्णय « Khabarhub

बाँकेका जिल्ला न्यायाधीश अधिकारीलाई पदबाट बर्खास्त गर्ने न्याय परिषद्को निर्णय


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्याय परिषद्ले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । न्याय परिषद्को मङ्गलबार बसेको बैठकले बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार कार्यक्षमता र न्यायिक आचरणमा सुधार नआएको साथै न्यायिक विचलनमा परेर फैसला र आदेश गर्ने गरेको छानविन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरिएको हो ।

यसअघि परिषद्को बैठकले न्यायाधीश अधिकारीलाई मुद्दामा आर्थिक चलखेल गरेको, खराब आचरण र उचित कार्यक्षमताको कमी भएको उल्लेख गर्दै सुधार गर्नका लागि सचेत गराएको थियो ।

न्यायिक विचलन देखिएपछि मुद्दा हेर्न रोक लगाई न्यायाधीश अधिकारीलाई गत साउन ३ गते सर्वोच्च अदालतमा तानिएको थियो । यसअघि, परिषद्ले न्यायाधीश बन्ने योग्यताको कर्मी भएको भन्दै उच्च अदालतकी न्यायाधीश रेणुका शाह पदबाट बर्खास्त गरेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ९ : ०९ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको