अक्षयकोष बनाउन देउसीभैलो | Khabarhub Khabarhub

अक्षयकोष बनाउन देउसीभैलो


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भरतपुर – चितवनका मगर विद्यार्थीले तिहारमा देउसीभैलो खेलेर चार लाख ५० हजार सङ्कलन गरेका छन्। मगर विद्यार्थी अक्षयकोष स्तरोन्नतिका लागि तिहारको अवसरमा देउसीभैलो कार्यक्रम गरिएको हो।

नेपाल मगर विद्यार्थी सङ्घ चितवन र नेपाल मगर सांस्कृतिक सङ्घ जिल्ला समिति चितवनको आयोजनामा कात्तिक ७ गतेदेखि १२ गतेसम्म देउसीभैलो खेलिएको थियो। सङ्कलन भएको रकमको ५० प्रतिशत जिल्लाको मगर विद्यार्थी अक्षयकोष र ५० प्रतिशत मगर विद्यार्थी सङ्घमा राखिने आयोजकले जनाएको छ।

मगर विद्यार्थी अक्षयकोषका सचिव मिलन थापामगरले अक्षयकोषबाट हरेक वर्ष जेहेन्दार, विपन्न, प्रतिभाशाली बालबालिकालाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्दै आएको बताए। कोषको स्तरोन्नतिले थप सहयोग मिल्ने उनको भनाइ छ। उनले भने, “२०७५ सालमा जिल्लामा करिब रु पाँच लाखको अक्षयकोष स्थापना भएको हो, यसको ब्याजले प्रत्यक वर्ष ३०–३५ जनालाई शैक्षिक सामग्री सहयोग गर्छौं भने केहीलाई छात्रवृत्ति दिँदै आएका छौँ।”

संस्कार, संस्कृति, परम्परा संरक्षणसहित अक्षयकोष स्तरोन्नतिका लागि गरिएको यस देउसीभैलो कार्यक्रममा चुट्का, कौडा, सोरठीजस्ता गीत र नृत्यमा कलाकारले प्रस्तुति दिएका थिए।

देउसीभैलो कार्यक्रम भूँयरथान मगर समाज, जखडीमाई मगर समाज भरतपुर १२, ज्ञानोदय मगर समाज भरतपुर ९, सूर्योदय मगर समाज भरतपुर ८, चन्द्रएकता मगर समाज क्षेत्रपुर, मगर सङ्घ कालिका नगर समिति, सोनी लाफा मगर समाज खैरेनी ३, मगर उत्थान समाज राप्ती ७, मगर समाज दिव्यनगर भरतपुर २६, मगर समाज शारदानगर भरतपुर २०, मगर समाज मुग्लिनसहित १९ ठाउँमा गरिएको थियो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ४४ बजे

चीनले गर्‍यो दुई नयाँ उपग्रह प्रक्षेपण

चीन – चीनले बिहीबार लङ मार्च–२सी क्यारियर रकेट प्रक्षेपण गरेको

विकास निर्माणका काममा दलहरू मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

कञ्चनपुर – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको

५५ वर्षीय ‘बुलेट आमा’लाई काठमाडौं महानगरको सम्मान

काठमाडौं– गुन्युचोली लगाएर बुलेट बाइकमा मेची–महाकाली यात्रा गर्ने ५५ वर्षीय

सुर्खेत गाडी दुर्घटना अपडेट : घाइते एक जनाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को बाङ्गेसिमलमा भएको गाडी दुर्घटना परेका

नेविसंघका दुई गुटको झडप- मोरङको क्याम्पसभित्रै बन्चरो र तरबारसहित उत्रिए विद्यार्थी नेता

विराटनगर- कोशी प्रदेशको राजधानी सहर विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाली