छठ पूजामा पुल भत्किदा ९० जनाको मृत्यु « Khabarhub

छठ पूजामा पुल भत्किदा ९० जनाको मृत्यु


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

अहमदाबाद – गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९० जनाको मृत्यु भएको छ। आइतबार छठको समयमा मानिसको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो।

ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो। क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ। यस विषयमा छानबिन गर्न विशेष टोली गठन गरिएको छ।

अहमदाबादबाट दुई सय किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजाको सन्दर्भमा केही अनुष्ठान गर्न जम्मा भएका करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो।

पुल भत्किएपछि माचु नदीमा केही मानिस हराइरहेका छन्। फसेका केही मानिसको उद्दार गरिएको थियो।

मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेको स्थानीयले बताएका छन्। ७० जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ। करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो। यो अक्टोबर २६ मा पुनः खोलिएको थियो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ५५ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि