कांग्रेस बिपीका लक्ष्मीकान्त पौडेलद्वारा उम्मेदवारी फिर्ता « Khabarhub

कांग्रेस बिपीका लक्ष्मीकान्त पौडेलद्वारा उम्मेदवारी फिर्ता


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाली कांग्रेस (बीपी)बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. लक्ष्मीकान्त पौडेलले लोकतान्त्रिक बाम गठबन्धनलाई समर्थन गरेको घोषणा गरेका छन्।

पौडेलले आइतबार बेंसीशहरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गरेको जानकारी गराए।

गठबन्धनका शिर्ष नेताहरुसँग छलफल गरी प्रतिगमनकारी शक्तिलाई परास्त गरी लोकतान्त्रिक मूल्य र मान्यताको माध्यमबाट संविधानको रक्षा गरी अगाडि बढ्ने प्रतिवद्धता गरेको बताए । आफूले दिएको उम्मेदवारी फिर्ता लिई लमजुङको लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको बताए। यद्यपि, निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवार फिर्ता नभएकाले उनको उम्मेदवारी कायमै रहनेछ।

पौडेलले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन सक्नुपर्दछ, आवश्यक परेमा निर्वाचनपछि मात्र गठबन्धन गर्नुपर्दछ, र द्धन्द्धकालमा भएका सबै खालको घटनाको निष्पक्ष तवरबाट छानविन गर्दै कारबाही होस् भन्ने विषय लिएर उम्मेदवारी दिएपनि र यि विषयमा शिर्ष नेताहरुसंग छलफलपछि फिर्ता लिएको बताए।

लमजुङको विकासका लागि गठबन्धन उचित रहेका ठहर भएकाले राष्ट्रियता, लोकतन्त्रको रक्षाका लागि लागेको बताए। लोकतन्त्रलाई प्रतिगामी शक्तिले समाप्त गर्ने होकी भन्ने कुरा आफ्नो अन्तरआत्माबाट आएकाले गठबन्धनलाई सघाएको उल्लेख गरे।

सोही क्रममा उनले नेपाली कांग्रेस (बीपी) पार्टीको केन्द्रीय सदस्यबाट पनि राजिनामा दिएको जानकारी गराउँदै नेपाली कांग्रेसमै रहने बताए।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : ४८ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज