राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेता मैयादेवी : वरिष्ठ नेता पौडेल | Khabarhub Khabarhub

राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेता मैयादेवी : वरिष्ठ नेता पौडेल


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मैयाँदेवीको जीवनले कांग्रेसको एउटा पाटोलाई समेटेको बताएका छन्। नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले श्रेष्ठको जीवन लोकतन्त्रको संरक्षणमा बितेको बताए। उनले राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेताका रुपमा श्रेष्ठ रहेको उल्लेख गरे।

पौडेलले भने, “मैयाँदेवीले जसरी समाजलाई दयामाया र सद्भावको दृष्टिले हेर्नुभयो त्यो एउटा मानवीयताको उदाहारण हो।” मैयाँदेवीलाई चिरस्थायी बनाउने र इतिहास जीवित राख्ने काम कन्या कलेज र सामाजिक सङ्घसंस्थाबाट भएको उनले बताए।

उनले भने, “अहिले वातावरणको सबैभन्दा ठूलो समस्या रहेको छ। यो समयमा राम्रो प्रकृति र हरियाली बनाउन मैयाँदेवी पार्क बनाएर उहाँको जीवनलाई चिरस्थायी बनाउँ र सम्पत्ति ट्रष्टमा परिणत गरौँ।”

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले मैयाँदेवीको आदर्श र गन्तव्यमा पार्टी लाग्नुपर्ने बताए। उनले संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको भएको भन्दै यसलाई क्षत्विक्षत बनाएर कांग्रेस अघि बढ्न सक्दैन भने। उनले भने, “संविधानको रक्षाका लागि गठबन्धन बनेको हो। यसको जीत आवश्यक छ।” राज्यमन्त्री उमेश श्रेष्ठले मैयाँदेवीको राजनीतिक र सामाजिक योगदानको चर्चा गरे। उनले गठबन्धनका दलले निर्वाचन जिते मात्र संविधानको सुरक्षा हुने बताए।

कार्यक्रममा माओवादी केन्द्रका नेता नारायण दाहाल, नेकपा एमाले बागमती प्रदेश सचिव विजय सुवेदी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेकपा एकीकृत समाजवादी चितवनका उपाध्यक्ष अरुणपीडित भण्डारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीलगायतले मैयाँदेवीको व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए। श्रेष्ठको यही कात्तिक ५ गते निधन भएको हो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १२ : ०९ बजे

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा

बागलुङ– स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित

किसानको आयआर्जन बढाउन बिरुवा वितरण

भोजपुर– वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ

क्लब विश्वकप वायरन क्वार्टर फाइनलमा

काठमाडौं – फ्लेमिङ्गोलाई ४-२ ले हराउँदै वायरन म्युनिख फिफा क्लब

संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक