नेकपा एसको घोषणापत्र : अतिक्रमित भूमि फिर्ता लिन दबाब दिने « Khabarhub

नेकपा एसको घोषणापत्र : अतिक्रमित भूमि फिर्ता लिन दबाब दिने


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो ।

उक्त घोषणापत्रमा सीमा समस्या समाधान गर्न र नेपालको अतिक्रमित भूमि फिर्ता लिन उच्च प्राथमिकतासहित कूटनीतिक पहल गर्न दबाब दिने उल्लेख गरिएको छ ।

दशगजा क्षेत्रलाई व्यवस्थित गरी राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै देशबाट बाहिरिने र देशमा भित्रिने मानिसहरूको व्यवस्थित रेकर्ड राख्ने सो पार्टीले आफ्नो घोषणपत्रमा उल्ल्लख गरेको छ ।

सार्वजनिक घोषणापत्रको ‘राष्ट्रिय हित र स्वाभिमानको संवर्द्धन’ शीर्षकमा उल्लेख गरिएको छ :

मित्र राष्ट्रसँंगको सीमा समस्या समाधान गर्न र अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्च प्राथमिकतासहित कुटनीतिक पहल गर्न दवाव दिइने छ । नेपालको अन्र्तराष्ट्रिय सिमानालाई अन्र्तराष्ट्रिय कानून र स्थापित मूल्य मान्यता अनुरुप नियमित गर्ने, देशका सिमाना दशगजा क्षेत्रलाई व्यवस्थित गरी राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यान दिदैँ देशबाट बाहिरिने र देशमाभित्रिने मानिसहरूको व्यवस्थित रेकर्ड राखिनेछ । हाम्रो खुला सिमानालाई यसरी व्यवस्थित गर्न सक्दा मानव बेचबिखन तथा ओसार–पसार र अन्य अपराधहरू नियन्त्रण गर्न पनि सहज हुने छ । यस मामिलामा सम्बन्धित पक्षसँग वार्ता गरी समस्या समाधान गर्न पहल गरिनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ३ : ५८ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज