काठामडौँको नेपालटारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

काठामडौँको नेपालटारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाण्डौको तार्केश्वर नगरपालिका–२ नेपालटार भेडीगोठमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

काभ्रेस्थलीबाट जरङखुतर्फ जाँदै गरेको बा २१ च ५१०६ नम्बरको जिप आज बिहान १० बजे अचानक पल्टिएर विपरीत दिशाबाट आँउदै गरेको बा ५ ख २३५ नम्बरको बसमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक मकवानपुर घर भइ काभ्रेस्थली बस्ने २६ वर्षीय सुनिल तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा आज दिउसो सवा १२ बजे मृत्यु भएको हो ।

घाइते भएका जिपका परिचालक काभ्रेस्थलीका २४ वर्षीय बिकेश तामाङको सोहि अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ४ : ५१ बजे

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन