मत माग्न टोलटोलमा पुग्दै रुपन्देहीका उम्मेदवार « Khabarhub

मत माग्न टोलटोलमा पुग्दै रुपन्देहीका उम्मेदवार


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभाका उम्मेदवार मतदाता रिझाउन टोलटोलमा पुग्न थालेका छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टोलटोलमा मतदाता भेटघाटमा व्यस्त भएका हुन् ।

पुराना अनुहार आफ्ना कार्यकर्ता र पहिले मतदान गरेका मतदातालाई भेटी मत दिएवापत आफूले गर्ने कामबारे प्रस्ट्याउँदै हिंडेका छन् भने नयाँ अनुहार आफू र आफ्नो योजना परिचित गराउँदै मतदाता आकर्षित गर्ने काममा जुटेका छन् ।

विभिन्न दलका उम्मेदवारको प्रचारप्रसारका लागि रूपन्देहीमा क्षेत्रैपिच्छे जनसम्पर्क कार्यालय विस्तार गरिएको छ । ती कार्यालयको उद्घाटन गरिसकेका उम्मेदवारहरूले आमनागरिक बोलाउने, उनीहरूबीच आफ्ना धारणा राख्ने काम गरिरहेका छन् ।

रूपन्देहीमा मुख्य राजनीतिक दलका पुरानै अनुहार चुनावी मैदानमा उत्रिएका छन् भने स्वतन्त्र र अन्य दलबाट केही युवा उम्मेदवार पनि प्रतिस्पर्धा गर्दै छन्  । क्षेत्र नम्बर १ मा पाँचदलीय गठबन्धनबाट उम्मेदवारी दिएर मतदाताबीच पुगिरहेका पूर्वएमाले नेता घनश्याम भुसाल आफ्ना पुराना कार्यकर्तालाई भेट्ने, विचार राख्ने र पार्टी र सरकारमा छँदा आफूले गरेका कामबारे मतदातालाई आश्वस्त पारिरहेका छन् । स्वतन्त्र उम्मेदवार दिएका उनलाई पाँच दलीय गठबन्धनले साझा उम्मेदवारका रूपमा अगाडि सारेको हो ।

रूपन्देही–२ बाट नेकपा एमालेका उम्मेदवार बनेका पूर्वअर्थमन्त्री विष्णु पौडेल दिगो विकास र समृद्धि एमालेबाटै सम्भव रहेको बताइरहेका छन् । उनले देशका बालबालिकालाई निःशुल्क शिक्षा, ज्येष्ठ नागरिकलाई सुरक्षाभत्ता र बेरोजगार युवालाई रोजगारी दिलाउने काम एमालेले मात्रै गरेको स्मरण गराउँदै चुनावी प्रचार गरिरहेका छन् ।

क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहरासँग गृहमन्त्री बालकृष्ण खाण भिड्दै छन् । नागरिकताविहीन नेपालीलाई नागरिकता दिनुपर्छ भन्ने मुख्य एजेन्डा बोकेका उनले विकल्पबिना सुकुम्बासी नागरिकलाई हटाउन नमिल्ने बताइरहेका छन् । साथै खाँणले आफू उम्मेदवार बनेको क्षेत्रको एकीकृत विकास एवं यहाँका उद्योगी व्यवसायीलाई मर्का पारिरहेको बैंकले लिने चर्को व्याजदर तत्काल रोक्नुपर्ने विषयलाई चुनावी एजेन्डा बनाएका छन् ।

खाँणले भैरहवा क्षेत्रको विकास गरी रिङरोडसहितको नगर बनाई आर्थिक, भौतिक साथै सामाजिक रूपमा विकास गर्ने बताएका छन् । उद्योगी व्यवसायी देशको आर्थिक समृद्धिको मेरुदण्ड रहेको उनको भनाइ छ । यसैगरी रूपन्देही क्षेत्र नम्बर ४ र ५ का उम्मेदवार पनि जनताका बीचमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् । विकास निर्माण र समृद्ध रूपन्देहीको नारा प्रायः उम्मेदवारका एजेन्डा बनेका छन् ।

नेपालको सन्दर्भमा चुनावका बेलामात्रै पार्टी र नेताले जनता सम्झने प्रवृत्ति गलत रहेको राजनीतिक विश्लेषक मनिकर कार्कीले बताए । ‘जनतासँग सधैं नजिक भएर काम गर्नुपर्ने हो, उनीहरूका समस्याबारे परिचित हुनुपर्ने हो’ उनले भने, ‘नेपालको सन्दर्भमा नेताले चुनाव जितेर गएपछि जनताप्रति उत्तरदायी बन्ने परिपाटी नै रहेन  ।

जनताले मत दिएर जित्ने नेताले पाँच वर्षको अवधिमा कतिपटक जनताका बीच आएर समस्या सुन्यो, छलफल ग¥यो भन्ने विषय मुख्य रहेको मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले बताए । उनले आफ्ना कुरा लिएर जनतामाझ जानु असहज नभए पनि निर्वाचनका बेला मात्र जनताबीच जाने प्रवृत्ति घातक रहेको बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : २७ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा