अफ्रिकी संघद्वारा कङ्गोमा युद्धविराम गर्न आग्रह « Khabarhub

अफ्रिकी संघद्वारा कङ्गोमा युद्धविराम गर्न आग्रह


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तत्काल युद्धविराम र नागरिकको सुरक्षाका लागि अफ्रिकी संघका नेताले आग्रह गरेका छन् ।

अफ्रिकी सङ्घ (एयू) आयोगका अध्यक्ष मौसा फाकी महामत तथा एयूका वर्तमान अध्यक्ष तथा सेनेगलका राष्ट्रपति म्याकी सलले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तत्काल युद्धविराम र नागरिकको सुरक्षाको प्रत्याभूत गर्न युद्धरत पक्षलाई आग्रह गरेका हुन् ।

एयूका दुई अधिकारीले आइतबार साँझ जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा पूर्वी कङ्गोमा सबै पक्षलाई तत्काल युद्धविराम गर्न, अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न आह्वान गरिएको छ ।

विज्ञप्तिमा कङ्गो र यस क्षेत्रका लागि एयूको शान्ति, सुरक्षा र सहयोग फ्रेमवर्कको विद्यमान संयन्त्रका साथै पूर्वी अफ्रिकी समुदायको अन्तर–कङ्गोली शान्ति सम्वादको विद्यमान संयन्त्रभित्र रचनात्मक सम्वादमा सम्लग्न हुन सबै पक्षलाई आह्वान गरिएको छ ।

कङ्गोको पूर्वी भाग दशकौंदेखि विशेष गरी ‘एलाइड डेमोक्रेटिक फोर्सेज’का विद्रोही मिलिशिया समूहहरू र मार्च–२३ को आन्दोलन ९एम–२३० द्वारा समस्याग्रस्त छ ।

फाकी र सलले कङ्गो र छिमेकी रुवान्डाबीचको राजनीतिक सम्बन्धलाई सामान्यीकरण गर्न पनि आह्वान गर्नुभएको छ ।

शनिबार कङ्गो सरकारले रुवान्डाका राजदूत भिन्सेन्ट कारेगालाई एम–२३ विद्रोहीलाई रुवान्डाले समर्थन गरेको आरोपमा निष्कासन गर्ने निर्णय गरेको घोषणा गरेको थियो । रुवान्डाले उक्त आरोपको खण्डन गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : १० बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६