अफ्रिकी संघद्वारा कङ्गोमा युद्धविराम गर्न आग्रह « Khabarhub

अफ्रिकी संघद्वारा कङ्गोमा युद्धविराम गर्न आग्रह


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तत्काल युद्धविराम र नागरिकको सुरक्षाका लागि अफ्रिकी संघका नेताले आग्रह गरेका छन् ।

अफ्रिकी सङ्घ (एयू) आयोगका अध्यक्ष मौसा फाकी महामत तथा एयूका वर्तमान अध्यक्ष तथा सेनेगलका राष्ट्रपति म्याकी सलले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तत्काल युद्धविराम र नागरिकको सुरक्षाको प्रत्याभूत गर्न युद्धरत पक्षलाई आग्रह गरेका हुन् ।

एयूका दुई अधिकारीले आइतबार साँझ जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा पूर्वी कङ्गोमा सबै पक्षलाई तत्काल युद्धविराम गर्न, अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न आह्वान गरिएको छ ।

विज्ञप्तिमा कङ्गो र यस क्षेत्रका लागि एयूको शान्ति, सुरक्षा र सहयोग फ्रेमवर्कको विद्यमान संयन्त्रका साथै पूर्वी अफ्रिकी समुदायको अन्तर–कङ्गोली शान्ति सम्वादको विद्यमान संयन्त्रभित्र रचनात्मक सम्वादमा सम्लग्न हुन सबै पक्षलाई आह्वान गरिएको छ ।

कङ्गोको पूर्वी भाग दशकौंदेखि विशेष गरी ‘एलाइड डेमोक्रेटिक फोर्सेज’का विद्रोही मिलिशिया समूहहरू र मार्च–२३ को आन्दोलन ९एम–२३० द्वारा समस्याग्रस्त छ ।

फाकी र सलले कङ्गो र छिमेकी रुवान्डाबीचको राजनीतिक सम्बन्धलाई सामान्यीकरण गर्न पनि आह्वान गर्नुभएको छ ।

शनिबार कङ्गो सरकारले रुवान्डाका राजदूत भिन्सेन्ट कारेगालाई एम–२३ विद्रोहीलाई रुवान्डाले समर्थन गरेको आरोपमा निष्कासन गर्ने निर्णय गरेको घोषणा गरेको थियो । रुवान्डाले उक्त आरोपको खण्डन गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : १० बजे

विवादित व्यापारीले दिएको करोडौँको गाडीबारे जवाफ नदिएरै पन्छिए बालेन्द्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह विभिन्न मुद्दासमेत

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१