एमालेले घोषणापत्र मङ्गलबार सार्वजनिक गर्ने « Khabarhub

एमालेले घोषणापत्र मङ्गलबार सार्वजनिक गर्ने


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मङ्गलबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा मङ्गलबार दिउँसो उक्त घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।

उहाँका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी रहेको छ । उक्त घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ ।

एमालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ । एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । उक्त समितिले सुझाव सङ्कलन गर्ने कार्य गरिरहेको र उक्त सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : ४८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले