राहदानी र राष्ट्रिय परिचय पत्र वितरण सहज गर्न विज्ञ टोली गठन « Khabarhub

राहदानी र राष्ट्रिय परिचय पत्र वितरण सहज गर्न विज्ञ टोली गठन


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्रालयले राहदानी, राष्ट्रिय परिचय पत्र र नागरिकता वितरणलाई सहज बनाउन विज्ञको टोली गठन गरेको छ ।

मन्त्रालयले महत्वपूर्ण परिचय पत्र वितरणमा लामो र झन्झटिलो प्रक्रिया देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरेको गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । प्रवक्ता पोखरेलका अनुसार विज्ञको टोलीले अध्ययन सुरु गरिसकेको छ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र लिन लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए । लगत्तै उनले राहदानी भागमा अनुगमन समेत गरेका थिए । आज शनिबार बिहान गृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी नागरिकलाई सहज रुपमा सेवा दिनका लागि विज्ञको टोली गठन गरिएको जानकारीसमेत गराएका छन्।

उनीहरुबीच शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको बारेमा पनि छलफल भएको छ। नयाँ सरकारका न्यूतनम साझा कार्यक्रम तय गर्न एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति गठन भएको छ। समितिमा माओवादी केन्द्रबाट वर्षमान पुन र रास्वपाबाट डा. मुकुल ढकाल, राप्रपाबाट डा. धवलशमशेर राणा छन्। समितिमा जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीबाट पनि सदस्य थपिने छन्।

प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलको पहिलो बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उच्चस्तरीय संयन्त्रको संयोजक बनाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ११ : १५ बजे

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी