नेपाल निर्माण गर्ने अवसर नेपालीले नै पाउनुपर्छ | Khabarhub Khabarhub

नेपाल निर्माण गर्ने अवसर नेपालीले नै पाउनुपर्छ

‘सरकारले आयोजना छिटो सम्पन्न गर्न खरिद ऐन सच्याउनुपर्छ’


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालले एसियाली तथा पश्चिम क्षेत्रका निर्माण व्यवसायी संगठनहरुको छाता संगठन (ईफाप्का)को नेतृत्व गर्ने अवसर पाएको छ । माल्दिभ्समा भएको ४५ औ सम्मेलनपश्चात् नेपालले ईफाप्काको नेतृत्व गर्ने अवसर पाएको हो । जसको अध्यक्ष बनेका हुन्, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह । तर नेपालको निर्माण क्षेत्रको अवस्था हेर्ने हो भने इतिहासकै कठिन अवस्थामा छ । यस्तो अवस्थामा नेपालको निर्माण क्षेत्रलाई गतिशिल बनाउन के–के गर्नु पर्ला ? अन्तर्राष्ट्रिय जगतले नेपालको निर्माण क्षेत्रलाई हेर्ने दृष्टिकोण कस्तो होला ? यसै विषयमा आधारित भएर ईफाप्काका नव निर्वाचित अध्यक्ष तथा नेपाल निर्माण व्यवसायीका महासंघका अध्यक्ष रवि सिंहसँग आशुतोष अर्यालले गरेको कुराकानीको सम्पादित अंशः

पहिलो त ईफाप्का भनेको के हो, आम मानिसले यसलाई कसरी बुझ्ने ?
ईफाप्का भनेको एसिया प्रशान्त सङ्गठन क्षेत्र हो । एसिशयाली तथा पश्चिम क्षेत्रका निर्माण व्यवसायी संगठनहरुको छाता संगठन हो । यो संगठनमा १९ वटा राष्ट्रहरु आबद्ध छन् । यो सन् १९५६ मा स्थापना भएको हो । नेपालले सन् १९९८ मा सदस्यता पाएको हो । यसले एसिया प्रशान्त मुलुकको अन्तर्राष्ट्रिय रूपमा हाम्रो आवाज बुलन्द गर्ने ठाउँ हो । अहिले यसको अध्यक्षको रूपमा मैले नेतृत्व गर्ने मौका पाएको छु ।

यसलाई थप गतिशील कसरी बनाउनु हुन्छ ?
नेपालले यसको नेतृत्व पाउँदै गर्दा हाम्रो पूर्वाधारलाई समेट्ने १९ वटा मूलकहरूमा सहज रूपले एउटा मुलुकमा भएका राम्रा कुराहरू साटासाट गर्दछ । यसले सरकारलाई पनि चलायमान बनाउँछ । नेपालमा भएका समस्याहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने र समस्याहरूलाई सहज गराउने काम गर्दछ । हामीले यो १२ देखि २० महिना भित्र नेपालको हैसियतलाई उच्च स्थानमा पु¥याउने र नेपालमा आउने दातृ निकायको सहयोगलाई उद्योगमैत्री बनाउने प्रयास छ ।

४५ औँ इफाक्पा सम्मेलनमा के–के कुरा उठाउनु भयो ?
पूर्वाधारमा आएको समस्या, निर्माण सामग्रीको अभावका कुराहरू, मूल्य वृद्धिका कुरा, अन्य देशहरूले कसरी सहयोग गरेको, निर्माण क्षेत्रमा आबद्ध जनशक्तिलाई तामिल दिने कुराहरू हामीले उठायौँ । अहिले तरलता अभावको कारणले दक्ष जनशक्ति तयार गर्न सकेको छैनौँ । रकम को अभाव त्यसको लागि हामीले सरकारलाई पनि आह्वान गरेका छौँ । निर्माण उद्योगहरू रोकिएका छन् । तिनलाई चलायमान बनाउनु पर्दछ । निर्माण उद्योगहरूलाई चलायमान बनायो भने देशको अर्थतन्त्र चलायमान हुन्छ । अहिले यो सही समय छ । निर्माण उद्योगलाई चलायमान गर्ने र यसको भुक्तानी सरकारले ल्याउनु पर्दछ ।

४६ औँ इफाक्पा सम्मेलन नेपालमा हुदैँछ, त्यो बाट के–के फाइदा हुन्छ ?
अन्तर्राष्ट्रिय छवि बढ्छ । त्यसबाट यहाँ पर्यटनको राम्रो विकास हुन्छ र हामीले यहाँ राम्रो लगानी गर्न सक्छौँ भन्ने विश्वास दिलाउन सक्यौ भने लगानी गर्ने ठुला र सक्षम व्यक्तिहरू आउनु हुन्छ । लगानी गर्ने व्यक्तिहरूको सहयोग हुन्छ । निर्माण क्षेत्रका विकासको कुराहरू एक अर्कामा साटासाट हुन्छ ।

४६ औँ इफाप्पा सम्मेलन गर्दै गर्दा सरकारबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
सरकारसँग हामीले प्रत्यक्ष रूपमा सहकार्य गरेर तत्कालीन महाराजा वीरेन्द्र र बडामहारानी ऐश्वर्याबाट यो उद्घाटन भएको थियो भने तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई यो कार्यक्रममा प्रमुख अतिथिको रूपमा यो कार्यक्रममा सहभागी हुनु भएको थियो । अब पनि राष्ट्र प्रमुखबाट यो उद्घाटन हुने र सरकार प्रमुखबाट प्रमुख अतिथि ग्रहण गरेर अन्तर्राष्ट्रिय मञ्चबाट यो कार्यक्रमलाई सफल बनाउनु पर्दछ ।

अहिले निर्वाचित जनप्रतिनिधिले निर्माण क्षेत्रको विकास गर्न के गर्नु पर्ला ?
निर्माण उद्योगको विकास गर्दा अहिले निर्माण क्षेत्रले गति लिन सकेको छैन । त्यसका परिवर्तन गर्न सार्वजनिक खरिद नियम नै बदल्नु पर्दछ । रोजगारी सिर्जना गर्न नयाँ विधि अपनाउनु पर्याे । सबै उद्योगलाई छुट्टै राखेर, अनुभव प्राप्त गरेका, विशेषज्ञहरूलाई राखेर सार्वजनिक खरिदको व्यवस्थापन गर्नु पर्दछ । निर्माण क्षेत्र गतिशील बनाउन २० प्रतिशत मोबिलाइजेशन कायम हुनुपर्छ ।

सरकारलाई कस्तो सुझाव दिनु हुन्छ ?
अहिले तेस्रो पटक सरकारको नेतृत्व गर्ने क्रममा प्रचण्डले जसरी नयाँ दलहरूलाई मिलाउनु भएको छ । त्यसरी नै मुलुकको विकास गर्ने,स्रोत र साधनको सही पहिचान गर्नु पर्दछ । निर्माण क्षेत्रलाई चलायमान गर्ने, काम नगर्ने कम्पनीलाई कारबाहि गर्ने, र काम गर्ने कम्पनीलाई काम गर्न राम्रो वातावरण निर्माण गरिदिने ।समयमा बिल भुक्तानी गर्ने व्यवस्था पन गर्नु पर्याे । नयाँ निर्माण कार्य बनाउनु भन्दा पुरानोलाई पहिला सक्न तर्फ लाग्नु पर्याे ।

ढिलो सम्पन्न भएका आयोजनालाई समाधान गर्न सरकार र व्यवसायीले के गर्नु पर्दछ ?
कोभिडको कारणले यो उद्योगहरू थलिए, अब काम गर्न सक्ने अवस्थामा पनि आवश्यक सामग्री तरलताको अभावका कारण नगदमा समान खरिद गर्नु पर्ने अवस्था छ, लोनहरू बैङ्कले दिन सकेको छैन । निर्माण उद्योगहरू चलायमान नभएर, निर्माण उद्योगीहरूसँग पैसा नभएर र नेपाल राष्ट्र बैङ्कले नियम बदलिरहँदा पनि यो समस्या भएको छ । सार्वजनिक खरिद ऐन नियमावलीसँग सरोकार नराख्ने व्यक्तिहरू बाट यो निर्माण उद्योगबाट काम भएन, निर्माण उद्योगलाई कस्नु पर्ने अवधारण राखेर सार्वजनिक खरिद नियमावलीमा जुन परिवर्तन गर्ने कामहरू भयो । २०४६ बेशाक ३० गते छैटौँ संशोधन भयो । पुस १४ गते सातौँ संशोधन भयो। त्यसले गर्दा नै समस्या निम्त्यो र आफैले सिर्जना गरेको समस्यालाई सम्बोधन गर्न सरकारले पटक पटक संशोधन ग¥यो । त्यो छैटौँ संशोधनले लगभग २७७२ वटा आयोजना फ्रिज भयो हिजो चलेको आयोजनाहरू । किनभने त्यो आयोजनामा ५० प्रतिशत भन्दा बढी समय अवधि थपिनु हुँदैन भन्ने व्यवस्था सिर्जना ग¥यो र आफैले सिर्जना गरेको व्यवस्थाले चलायमान भएका ४ खर्बका आयोजनाहरू फ्रिज भयो र त्यसलाई सुधार्न ९ महिना लाग्यो ।

नेपालीले मात्र बनाएको राम्रो आयोजना जुन गौरव गर्न लायक केही छन् त ?
हेटौडा देखि चतरा हेटौडा सडक, नारायणघाट–मुग्लिन सडक, जलविद्युत आयोजना, चिनी मिल, खानेपानी आयोजना लगायत थुप्रै छन् नि । विदेशीले गर्दा समय ढिलो गर्ने क्लेम बढी लिने गर्दछ । विदेशीहरूमा अन्तर्राष्ट्रिय दबाब हुन्छ । नेपालीहरूमा नेपालको माया भएर अनावश्यक रकम नलिएको होला । नेपालको निर्माण गर्ने अवसर नेपालीले नै पाउनु पर्दछ ।

नेपालका निर्माण व्यवसायीलाई गौरव गर्न लायक बनाउन महासंघ र सरकारको भूमिका कस्तो हुनु पर्दछ ?
महासंघको भूमिका भनेको जिम्मेवारी पूर्ण रूपमा काम गर्नु पर्दछ । दिगो र राम्रो काम गर्न पर्दछ । सरकारले सार्वजनिक खरिद ऐन सच्याउनु पर्दछ ।

(एभिन्युजसँगको सहकार्यमा पुष्पाञ्जली बस्नेतले तयार गरेको सामग्री) 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ९ : २६ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको