रविको उदय नै माओवादी र एमाले विघटनमा जानु हो | Khabarhub Khabarhub

रविको उदय नै माओवादी र एमाले विघटनमा जानु हो

पार्टी खोलेको ६ महिनामै शक्तिशाली मन्त्री


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मुलुकमा भर्खरै बहुदल पछिको २८ औं र २०६४ पछिको १३ औं सरकार गठन भएका छ। सरकारमा नयाँ भनिएका राजनीतिक दलको पनि सहभागिता छ। के ती राजनीतिक दलले जनताका जनअपेक्षालाई सम्बोधन गर्ने काम गर्लान् ? नयाँ सरकाको प्राथमिकता के होला ? यसै विषयमा आधारित भएर नागरिक समाज तथा मानव अधिकार अगुवा गणेश मण्डलसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

यो सरकारको प्राथमिकतामा के हुनुपर्छ ?
लोकतन्त्रमा जनमतको सम्बोधन हुनु पर्दछ। गठबन्धनको राजनीति गर्दा नेपाली कांग्रेसले हसिँया हथौडा, कलम र रुखको चिह्न लिएर जनतासँग गठबन्धनलाई मत दिनुहोस् भन्यो। तर भोट लिएपछि जनताको विश्वासलाई लात हान्यो। त्यसमा बढी प्रचण्डको दोष देख्छु।

सरकार टिकाउनु मात्र ठूलो कुरा हो ?
यो जनमतको सरकार नै होइन। यो पाँचदेखि सात जना नेता मिलेर बनेको सरकार हो। सबै कुरा गणित होइन। सबै भन्दा ठूलो कुरा भनेको नैतिकता हो। नयाँ सरकार गठन गर्ने यो प्रक्रिया गलत छ। पहिलो दलले सरकार बनाउन नसक्दा दोस्रो दलले बनाउनु पर्ने हो। त्यसैले यो सरकार धेरै टिक्दैन। दलको घोषणा पत्रमा उल्लेख भएका कुरा समेटिएन भने मत नै पाउँदैनन्। त्यसैले यो सरकारले विश्वासको मत पाउँदैन र बजेट पास गर्न सक्दैन।

नयाँ दलले दिएको धक्कापछि पनि दल परिवर्तन हुन सकेनन् ?
अहिले नयाँ दलहरू यो राजनीतिलाई सुधार गर्ने भनेर आएका छन्। सबैको उद्देश्य भनेको यो फोहोरले भरिएको पोखरीलाई सफा गर्नु हो। अहिलेको राजनीतिमा फोहोरले भरिएका पाँच नेतालाई सुधार गर्नु आवश्यक छ। दलहरूले जसरी जनताको मन जितेर आएका छन्। अब त्यसरी नै राष्ट्रको काम गर्नुपर्यो। भाषणमा बोलेको कुरा पुरा भएन भने विश्वासको मत नै पाउँदैनन्।

नव नियुक्त गृहमन्त्रीको नागरिकता विचाराधीन हुँदा यसले सरकारमा कस्तो प्रभाव पार्दछ ?
उनले यो भन्दा अरू मन्त्रालय रोजको भए हुन्थ्यो। अदालतलाई हामीले हस्तक्षेप गरेर बोल्न मिल्दैन। त्यसको निर्णय अदालतले गर्दछ। यसले यो सरकारलाई धेरै असर गर्दछ। यो निर्वाचनबाट क्लियर छवि भएको व्यक्ति आएनन् भन्ने भयो। एक दुई जनाले नै देशलाई धरापमा पार्लान भन्न त सकिँदैन।

एमालेले आफू ठूलो हुन स्वतन्त्रलाई ल्याएको हो ?
एमाले पहिलो हुने प्रयास गरेको हो। दोस्रो भएपछि पहिलो हुन्छु भन्नु स्वाभाविक हो। प्रचण्डले विश्वासको मत पाएनन् भने एमाले कांग्रेस भन्दा एक सिट मात्र बढी ल्यायो भने संविधानको धार ७८ को उपदफा ३ मा सरकार बन्ने परिस्थिति सिर्जना हुनसक्छ। विश्वासको मत ल्याएन भने संसद् विघटन हुन्छ। प्रत्येक जित्नेलाई मात्र मन्त्री बनाउने ,समानुपातिकलाई नबनाउने भनेको छ। यो गठबन्धनभित्र माओवादी र एमाले दुवै विघटनमा जानु हो रविको आगमन। किनभने पार्टी निर्माण भएको ६ महिना नहुँदै यो देशको सबै भन्दा शक्तिशाली मन्त्री बन्छ भने २० वर्षमा के गर्ला ? जित भनेको पहिलोको नै हुन्छ।

अब कांग्रेसले राम्रो गर्ला ?
कांग्रेस प्रतिपक्षमा हुँदा राणा समाप्त भए। राजविरुद्ध कांग्रेस प्रतिपक्षमा हुँदा राजा सिद्धिए। रैतीबाट कांग्रेसले प्रजा बनायो। प्रजाबाट जनता बनायो र अब जनताबाट नागरिक बनाउने प्रयास कांग्रेसले गर्यो भने कम्युनिस्टको पनि अन्त्य हुन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : २९ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन