छाडा पशु चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल « Khabarhub

छाडा पशु चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कैलाली – टीकापुर नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा खेतीपाती र भूमि जोगाउन स्थानीयवासीले काडेतार लगाउन थालेका छन्। छाडा पशुले बाली नष्ट गर्न थालेपछि टीकापुर –७ कालाकुण्डास्थित सीमा क्षेत्रमा स्थानीय काडेतार लगाउन थालेका हुन्। नागरिक छाडा पशु चौपायाका कारण बाली जोगाउन नसक्दा दिक्क छन्।

छाडा पशु चौपायाले किसानको बालीनाली नष्ट गरिदिने भएकाले किसानलाई खेती स्याहार्न कठिन हुन थालेको छ। यो समस्या नेपाल–भारत सीमा क्षेत्रका किसानलाई अझ बढी छ। सीमा क्षेत्रमा नेपाल र भारत गरी दुवै क्षेत्रका पशुले बाली नोक्सान गर्न थालेपछि टीकापुर–७ का किसानले तारबार लगाउन थालेको बताएका छन्।

छाडा पशुले बाली नोक्सान गरेर समस्या भएपछि स्थानीय मिलेर बाली जोगाउन सामूहिकरूपमा काडेतार लगाउन थालेका छन्। स्थानीय भिउराज साउदले बताए। “हामीले खेती नगरे छाक टार्न गाह्रो, खेती गरेमा नेपालका र भारतबाट आएका वस्तुभाउले खेती नष्ट गरिदिन थाले”, उनले भने, “तारबार नगरेर खेती जोगाउन नसकिने भयो, अर्कोतर्फ तारबार गर्दा जमिन समेत संरक्षण हुने भयो।”

लगाएको बाली भारतीय जङ्गलबाट आउने छाडा गाइगोरु तथा जङ्गली जनावरले खाएर नोक्सान गर्न थालेपछि काडेतार लगाउनुपरेको स्थानीयवासी बताउँछन्। “हामीले आफैँले रकम उठाइ श्रमदानबाट सीमा क्षेत्रमा करिब पाँच सय मिटर जमिनमा काडेतार लगाउन थालेका छौँ”, साउद भन्छन्, “प्रत्येक किसानबाट रु पाँच सयका दरले रु एक लाख ५० हजार सङ्कलन गरी काडेतार लगाउन थालेका छौँ।”

स्थानीयवासीले काडेतार लगाउनुअघि स्थानीय सरकारसँग छलफल गरेका थिए। सरकारले सहयोग गर्ने आश्वासन पाएपछि तारबार गर्न सुरु गरेको बताएका छन्। स्थानीयवासीसँग उठाएको रकमले काम अधुरो हुने भएकाले नगरपालिकासँग सहयोग मागेको हिरासिंह साउदको भनाइ छ। “हामीले सकेको रकम उठायौँ, बाँकी रकम टीकापुर नगरपालिकाले व्यहोर्ने आश्वासन पाएका छौँ”, उनो भन्छन्, “हामीले जमिन संरक्षण सुरु गर्‍यौँ, अब पालिकालाई पनि दबाब होस् र बाली र भूमि संरक्षणमा सहयोग पुग्ने अपेक्षा छ।”

सीमा क्षेत्रमा रहेको जमिन आधा जमिन नेपाली किसानले खेती गर्ने गरेका छन् भने आधा जमिन भारतीयले लिजमा लिएका छन्। कतिपय किसानको जमिन भारतीयले खेती गर्ने तर उत्पादन नदिने खालका समस्या भएकाले तारबार आवश्यक भएको मदन साउद बताउँछन्। “यहाँ खेती गर्न नसक्ने किसानले भारतीय नागरिकलाई लिजमा दिएका छन्”, उनी भन्छन्, “वर्षौँसम्म लिजमा खेती गरेका भारतीयले विस्तारै आम्दानी नपाएका नेपाली जग्गाधनी पनि छन्।”

सीमा क्षेत्रमा रहेका जमिनमा नेपाली गाईवस्तु र भारतीय मुलुकका गाईवस्तुसमेत सीमामा ल्याएर छाडिदिने गरेका छन्। गाईवस्तुले खेती जोगाउन समस्या भएपछि स्थानीयवासीले वडा कार्यालयसँगको समन्वयमा रकम सङ्कलन गरी तारबार लगाउन थालेका वडाध्यक्ष यज्ञराज न्यौपाने बताउँछन्। “यहाँ निकै समस्या छ। पाँच सय बिघा बढी जमिनमा तारबार लगाउनुपर्ने देखिन्छ। अन्य क्षेत्रमा तटबन्ध गरिएकाले त्यहाँ सुरक्षित छ”, उनले भने, “खेती जोगाउन तारबार आवश्यक भएकाले हामीले सक्दो सहयोग रहन्छ भनेका छौँ। यो कार्यले बाली जोगिने र भूमिसमेत संरक्षण हुन्छ।”

वडाध्यक्ष न्यौपाने यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग समेत छलफल भएकाले स्थानीयवासीले तारबार लगाउन थालेका बताउँछन्। “सीमामा बस्ने नागरिकका थुप्रै समस्या छन्, एकातिर बाढीको जोखिम, अर्कातिर छाडा पशुले बाली नोक्सान गर्ने”, उनी भन्छन्, “तारबारले नेपाली भू–भागको समेत संरक्षण हुनेछ।”

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १० : ५९ बजे

आफैँले बनाएको नियमावलीलाई लत्याउँदै संसद्‍मा विपक्षीको विरोध

काठमाडौँ– संसद्‍मा विपक्षी दलहरूले नियममा नै नभएको विषयलाई लिएर सदनमा

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले सार्वजनिक गरेको नीति

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : सांसद राई

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री सदनमा उपस्थित

प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले सदनमा

सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पतालहरूलाई आफ्नो