अमेरिकाका सबै संघीय सरकारका उपकरणमा टिकटक प्रतिबन्ध | Khabarhub Khabarhub

अमेरिकाका सबै संघीय सरकारका उपकरणमा टिकटक प्रतिबन्ध


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– टिकटकलाई ‘उच्च जोखिम’ सुरक्षा चिन्ताको रूपमा उद्धृत गर्दै चिनियाँ एपलाई अमेरिकाभरि सबै संघीय सरकारका उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ । अपवादको रूपमा कानून प्रवर्तन र राष्ट्रिय सुरक्षा एजेन्सीहरूले यो एपलाई सुरक्षा अनुसन्धान उद्देश्यका लागि विशेष अवस्थामा प्रयोग गर्न सक्नेछन् । 

यस निर्णयको अर्थ भनेको झन्डै ४० लाख सरकारी कर्मचारीहरूले टिकटकलाई अनिवार्य रूपमा मोबाइल उपकरणहरू र उनीहरूलाई जारी गरिएका अन्य ग्याजेटहरूबाट हटाउनु पर्ने हुन्छ । बाइडेनको भर्खरै हस्ताक्षर गरिएको १ दशमलब ७  ट्रिलियन खर्च बिलमा बाइटडान्सको स्वामित्वमा रहेको एपलाई निषेध गर्ने प्रावधान समावेश छ । सरकारको निर्णयको टिकटकका प्रवक्ताले विरोध गरेका छन् । 

‘हामी निराश छौं कि कंग्रेसले सरकारी उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाउने कदम चालेको छ  । प्रशासनलाई यसको राष्ट्रिय सुरक्षा समीक्षाको निष्कर्षमा पुग्न प्रोत्साहित गर्नुको सट्टा यो राजनीतिक इशाराले राष्ट्रिय सुरक्षा हितलाई अगाडि बढाउन केही गर्दैन’, टिकटकका प्रवक्ता ब्रुक ओबरवेटरले भने । 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १२ : ३३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय