जिल्ला प्रशासन कार्यालयद्वारा सेवाग्राहीलाई घरमै नागरिकता प्रदान « Khabarhub

जिल्ला प्रशासन कार्यालयद्वारा सेवाग्राहीलाई घरमै नागरिकता प्रदान


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भादगाउँ- जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज एक सेवाग्राहीलाई घरमै नागरिकता प्रदान गरेको छ । मध्यपुर थिमि नगरपालिका-४ बस्ने १९ वर्षीया सुप्रिना श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।

हिँड्डुल गर्न, बस्नबोल्न नसक्ने सुप्रिया अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म जान नसक्ने जानकारी पाएपछि प्रजिअ शर्माले आफैँ घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् । अशक्तहरूलाई घरदैलोमा नै सेवा उपलब्ध गराउने सरकारी नीतिअनुरुप सुप्रियालाई घरमै पुगेर नागरिकता प्रदान गरेको प्रजिअ शर्माले बताए । ‘सेवाग्राहीले सहज र सरल तरिकाले सेवा पाउनुपर्छ भन्ने सरकारी नीति हो । सोहीअनुरूप अशक्त असह्यलाई घरदैलोमा सेवा प्रदान गर्दै आएका छौँ’, उनले भने । 

नागरिकता प्रदान गर्न प्रजिअ शर्मासँगै सहायक प्रजिअ माधवप्रसाद शर्मा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रशासकीय अधिकृत उर्मिला खतिवडा, नागरिकता फाँटका नायब सुब्बा विमल काफ्लेको टोली सुप्रियाको घर पुग्नुभएको थियो । सो अवसरमा नगर प्रमुख श्रेष्ठले प्रशासनको कार्यको प्रशंसा गर्दै जनतालाई सहज र सरल रुपमा सेवासुविधा उपलब्ध गराउन नगरपालिका पनि प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ७ : ५७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी