नराकोट स्वास्थ्य चौकीमा भिडियो एक्स–रेसहित ल्याब « Khabarhub

नराकोट स्वास्थ्य चौकीमा भिडियो एक्स–रेसहित ल्याब


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा ल्याबसहितको भिडियो एक्स–रे सञ्चालनमा ल्याएको छ । आज स्वास्थ्य प्रयोगशालको उद्घाटन गर्दे पालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने, “सो स्वास्थ्य चौकीमा सुविधा सम्पन्न ल्याब प्रयोगशाला स्थापना गरी सञ्चालनमा आएको छ ।”

अध्यक्षका अनुसार प्रयोगशालामा चाहिने जनशक्तिको खुल्ला प्रतिस्पर्धाबाट व्यवस्थापन भइसकेको छ । अब भिडियो एक्स–रेका लागि अब जनताले बाहिर गएर खर्च गर्नु पर्दैन । पालिका हरेक वडामै गएर ज्येष्ठ नागरिक, घरदैलो निःशुल्क स्वास्थ्य उपचार गर्ने स्थानीय सरकार लागिपरेको अध्यक्ष धितालले जानकारी दिए ।

स्वास्थ्य चौकीमा ल्याबसहितको भिडियो एक्स–रे प्रयोगशाला सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीलाई निकै राहत पुग्ने नराकोट स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकीमा स्रोत साधनको अभावले स्वास्थ्यकर्मीलाई काम गर्न कठिन भएको जनगुनासो आएपछि उक्त प्रयोगशाला स्थापना गरिएको सिञ्जा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सिञ्जाका नागरिकको अपेक्षाअनुुसार वडामै गएर योजना सम्झौतादेखि गाउँ केन्द्रित स्वास्थ्य सेवा दिन थालेको पालिकाका प्रवक्ता तथा वडा नं २ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए। यसअघि पालिकाले वडा नंं २ मा प्रसूति गूह र वडा नं ६ मा आधारभूत स्वास्थ्य चौकीसमेत स्थापना गरिसकेको सिञ्जा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : २० बजे

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन